जनकपुरको राजदेवीमा खोईच भराई सुरु, भोली साँझदेखि बोकाबली प्रदान हुने
यस्तै, भोली बिहान ४ बजेदेखि नै प्रसाद चढाउने कार्यक्रम हुनेछ । यसअघि राती १२ बजेदेखि सुरु हुँदै आएकोमा यसपाली बिहान ४ बजेदेखि व्यवस्थापन गरिएको हो ।

२०८१ असोज २३ बुधबार, बेलुकी ६:४८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदे्वी मन्दिरमा खोईच भराई कार्यक्रम सुरु भएको छ ।
आयोजक महावीर युवा कमिटिले दिएको जानकारी अनुसार, आज बुधबार साँझदेखि खोईच भराई कार्यक्रम सुरु भएको हो । खोईच भराई कार्यक्रम भोली विहिबार विहान ९ बजेसम्म चल्ने छ ।
महिलाहरुले भाकल पूरा भएपछि देवीको खोईच भर्ने गरिन्छ । खोईच भराईको लागि महिलाहरुले विधिवत रुपमा मन्दिरको पश्चिमी गेटमा खोईच भर्ने गरिन्छ ।
आम श्रद्धालुमा राजदेवीमा खोईच भराई कहिले हुने भनेर अलमलता रहेकोमा समितिले खोईच भराई बुधबारदेखि नै सुरु भएको बताएको छ ।
यस्तै, भोली बिहान ४ बजेदेखि नै प्रसाद चढाउने कार्यक्रम हुनेछ । यसअघि राती १२ बजेदेखि सुरु हुँदै आएकोमा यसपाली बिहान ४ बजेदेखि व्यवस्थापन गरिएको हो ।
बोकाबली भने भोली साँझ ७ बजेदेखि नै सुरु भईसक्ने आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…