धर्म सँस्कृति र नागरिक बचाउ अभियानका सँयोजक दुर्गा प्रसाईँ रिहा

२०८१ असोज १५ मंगलबार
रति ८:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन् ।

मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए ।

प्रहरीको साइबर ब्युरोको उनलाई  असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो ।

युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

स्पष्टिकरण सोधिएपछि बौखलाए निलम्बित कोषाध्यक्ष यादव, ७० लाख दिएको प्रमाण दिन चुनौति 

  • २०८१ असोज १५ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले तत्कालिन कोषाध्यक्ष सुरेन्द्र यादवलाई स्पष्टिकरण सोधिएपछि उनी बौखलाएका हुन् ।  पार्टी विद्यान विपरित गतिविधि गरिएको भन्दै उनलाई स्पष्टिकरण सोधेपछि स्पष्टिकरण पेश

पूरा पढ्नुहोस्

Bureau Menus