बाढीले बगाएर मधेश प्रदेशमा ३ जनाको मृत्यू

२०८१ असोज १४ सोमबार
बिहान ०८:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । तीन दिनको लगातारको वर्षासँगै आएको बाढीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भइरहेका छन् । ८ वटै जिल्लामा ८ जना घाइते भएकोमा सबैको अवस्था सामान्य रहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुभाष बोहराले बताए अनुसार सप्तरीमा १ र महोत्तरीमा २ जना गरी तीन जनाको मृत्यु भएको छ । भने सर्लाहीमा १ जना बेपत्ता छन् । सप्तरी बलान बिहुल गाउँपालिका– ४ घर भई राजविराज नगरपालिका–८ मा बस्दै आएका ८ वर्षीय प्रीन्सकुमार साह मृत भेटिएका छन् । त्यस्तै महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीका १६ वर्षीय रोहित साहको सोनी खोलाले बगाएर मृत्यु भएको छ ।

महोत्तरीकै बर्दिवास नगरपालिका–११ खैरमाराका २१ वर्षीय मानबहादुर थिङलाई खैरमारा खोलाले बगाएर मृत्यु भएको छ । सर्लाहीको बागमती नगरपालिका– ९ स्थित सक्रोलका १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाएर बेपत्ता छन् । ८ वटै जिल्लामध्ये रौतहटमा ३, सिरहामा १, सर्लाहीमा १ र बारामा ३ जना घाइते हुँदा उपचारपछि सामान्य अवस्थामा रहेको प्रहरी उपरीक्षक बोहराले बताए ।

त्यस्तै बेपत्ता हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का ३८ वर्षीय जाविर अन्सारी, पर्साको सिर्सिया नदीमा आएको बाढीमा बगेर भारत विहार मोतिहारी जिल्लाका ३२ वर्षीय किशोर राउत र कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनकी श्रीमती माया परियार रहेका छन् ।

प्रहरी उपरीक्षक बोहराले बताए अनुसार ९६ घरका परिवारका ४ सय ८८ जना विस्थापित भएका छन् भने बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ । उनले गौर कारागारमा वाग्मती खोलाको पानी पसेपछि १२ जना महिला थुनुवारकैदीलाई नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा सुरक्षित राखिएको समेत बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो

  • २०८१ असोज १४ सोमबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै

पूरा पढ्नुहोस्

Bureau Menus