भोलीको रुटिन रहेको Bachelor को आंशिक परीक्षा स्थगित
विश्वविद्यालयले विज्ञान, मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन तथा प्रविधितर्फको स्नातक तह दोस्रो बर्ष २०८० आंशिक तर्फको बि.ए, बि.एड., बि.एस्सी र बि.बि.एस.को परीक्षा असोज १३ गते तोकिएकोमा देशभर मौसमको प्रतिकुलताका कारण स्थगित गरिएको सूचनामा उल्लेख छ ।

२०८१ असोज १२ शनिबार, राति ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सँचालनमा रहेको स्नातक (ब्याचलर) दोस्रो बर्षको आंशिक परीक्षा सँचालनमा रहेको छ । सोही क्रममा भोली असोज १३ गते तोकिएको दोस्रो बर्षको परीक्षा स्थगित गरिएको छ ।
लगातार भारी बर्षाको कारण ठाउँ ठाउँमा असहज भएपछि त्रिभुवन विश्वविद्यालयले एक सूचना जारी गर्दै असोज १३ गते आईतबार तोकेको स्नातक दोस्रो बर्षको परीक्षा स्थगित गरेको हो । सो परीक्षा असोज २१ गतेको लागि सारिएको जनाईएको छ ।
विश्वविद्यालयले विज्ञान, मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन तथा प्रविधितर्फको स्नातक तह दोस्रो बर्ष २०८० आंशिक तर्फको बि.ए, बि.एड., बि.एस्सी र बि.बि.एस.को परीक्षा असोज १३ गते तोकिएकोमा देशभर मौसमको प्रतिकुलताका कारण स्थगित गरिएको सूचनामा उल्लेख छ ।
सो परीक्षा पुनः २१ गते सोही केन्द्रमा सँचालन हुने जनाईएको छ । पठाइएका प्रश्नपत्रहरुको प्याकेट नखोली २१ गते मात्र खोल्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…