जनकपुरका दुई नगर प्रहरी बलात्कार आरोपमा पक्राउ
बिजेन्द्रलाई ड्युटीमै खटिएका बेला उपमहानगरको कार्यालय र बब्लुलाई घरबाट जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको थियो । धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जाहेरी आउन बाँकी रहे पनि कसरी घटना भएको लगायतका कुरा अनुसन्धान हुन बाँकी रहेको बताए ।

२०८१ असोज ११ शुक्रबार, बिहान ९:५२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरीलाई बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
जनकपुरधाममा बुधबार दिउँसो घरमै गएर १७ वर्षीया एक किशोरीलाई दुई जना नगर प्रहरीले बलात्कार गरेको भन्दै जानकारी पाए लगतै प्रहरीले दुबैलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ का बब्लु महतो र वडा नम्बर १७ घर भएका बिजेन्द्र राउत छन् ।
बिजेन्द्रलाई ड्युटीमै खटिएका बेला उपमहानगरको कार्यालय र बब्लुलाई घरबाट जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको थियो ।
धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जाहेरी आउन बाँकी रहे पनि कसरी घटना भएको लगायतका कुरा अनुसन्धान हुन बाँकी रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…