वडाध्यक्ष यादवको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ
अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले बताए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्न जिल्ला अदालतमा पेश गरिएको छ । यादवको हत्या वा दुर्घटनामा मृत्यु भन्ने विषयमा जिल्लामा सरोकारवालाबीच मत विभाजित छ । जिल्लाका वडाध्यक्षहरूले यादवको हत्या भएको दाबी गर्दै कारबाहीका लागि माग गर्दै आएका छन् । वडाध्यक्ष यादवको मृत्युबारे सीआइबीले समेत अनुसन्धान गरिरहेको छ ।

२०८१ असोज १० बिहीबार, बिहान ११:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको रामगोपालपुरका वडाध्यक्षको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गत भदौ ९ गते बर्दिबासबाट रामगोपालपुरतर्फ मोटरसाइकलमा आउने क्रममा रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेश यादवको रहत्यमय अवस्थामा शव फेला परेको थियो ।
प्रहरीले औरही नगरपालिका (७ भोइल टिमकियाका संजिव झा र दिलिप मण्डललाई पक्राउ गरेको हो । वडाध्यक्ष यादवको रहस्यमय मृत्युमा संलग्न दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले बताए ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्न जिल्ला अदालतमा पेश गरिएको छ । यादवको हत्या वा दुर्घटनामा मृत्यु भन्ने विषयमा जिल्लामा सरोकारवालाबीच मत विभाजित छ । जिल्लाका वडाध्यक्षहरूले यादवको हत्या भएको दाबी गर्दै कारबाहीका लागि माग गर्दै आएका छन् ।
वडाध्यक्ष यादवको मृत्युबारे सीआइबीले समेत अनुसन्धान गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…