धनुषाका डिएसपी अवाको सरुवा, नयाँ डिएसपीमा सिँह आउँदै
प्रहरी प्रधान कार्यालयले सोमबार १ सय ४३ जना डिएसपीको सरुवा गरेको हो । सोही क्रममा धनुषाको नयाँ डिएसपीमा बरुण बहादुर सिँह आउने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महाशाखा टँगालमा कार्यरत रहँदै आएका सिँह धनुषा प्रहरीको प्रवक्ताको रुपमा जिम्मेवारी सम्हाल्ने भएको छ ।

२०८१ असोज ९ बुधबार, बिहान ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाको सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा लामो समयसम्म कार्यरत रहेका डिएसपी अवाको सोमबार प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो । नियमिति सरुवा तथा काज सरुवाको सूचिमा अवाको नाम समावेश गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले सोमबार १ सय ४३ जना डिएसपीको सरुवा गरेको हो । सोही क्रममा धनुषाको नयाँ डिएसपीमा बरुण बहादुर सिँह आउने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महाशाखा टँगालमा कार्यरत रहँदै आएका सिँह धनुषा प्रहरीको प्रवक्ताको रुपमा जिम्मेवारी सम्हाल्ने भएको छ ।
लामो समय धनुषामा बसेका डिएसपी अवा विवादमा नपरेका डिएसपी हुन् ।
यस्तै, रौतहटकी डिएसपी एलिजा गिरीको समेत सरुवा भएको छ । सिरहा मिर्चैयाका डिएसपी जीतेन्द्र बस्नेतको समेत सरुवा भएको छ । उनलाई सप्तरी पठाईएको हो । सिरहामा समेत नयाँ डिएसपी आउने भएको छ ।
डिएसपीहरुको सूचि हेर्नुहोस् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…