
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपहानगरपालिकाका एक वडाध्यक्ष र वडासचिव घुससहित रँगेहात अख्तियारको फन्दामा परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बसहियाका वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र कार्यालय सहयोगी (पियन) विजय मण्डललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
घरबाटो सिफारिसका लागि एक सेवाग्राहीसंग चार लाख बढी रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको बताईएको छ ।
स्रोतका अनुसार वडाध्यक्ष सहनी र वडासचिव साहले सहयोगीमार्फत् घुस लिएका थिए । घुस रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएर अख्तियारको टोली घटनास्थलमा आवश्यक कानूनी प्रक्रियामा लागेको छ ।
पक्राउ परेका वडाध्यक्ष सहनी नेकपा एमालेबाट निर्वाचित छन् ।
अख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले घुस रकमसहित वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।
- २०८१ भदौ २५ मंगलबार