
न्यूज ब्यूरो, जनकपुरधाम । विद्यार्थी मृत्यू प्रकरणलाई लिएर जनकपुरधाम–ढल्केवर चक्काजाम गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ स्थित रहेको भगवती माध्यमिक विद्यालयमा अध्ययनरत जनकपुरका रजनीश साहको मृत्यु प्रकरणलाई लिएर जनकपुर–ढल्केवर सडकखण्डमा चक्काजाम गरिएको हो ।
गत भदौ २ गतेको दिउँसो धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ बस्ने स्थानीय गणेश कुमार साहका अन्दाजी १५ वर्षीय छोरा रजनिश कुमार साहको विद्यालयमै योजनाबद्ध तरिकाले हत्या गरेको भन्दै उनका आफन्त र गाउँले आन्दोलित बनेका हुन् । उनीहरू सपहीस्थित जनकपुर–ढल्केबर सडक अवरुद्ध पारेका छन् ।
सडकमा सयौं महिला र पुरुष धर्ना बसेका छन् । उनीहरू रजनिशलाई न्याय देऊ, हत्यारालाई कारबाही गर, प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाइरहेका छन् । सडक अवरुद्ध पारेपछि अहिले त्यहाँ ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी पुगेको छ ।
सुरुमा रजनीशको मृत्यू भएपछि उनको परिवारले शव बुझेर अन्तिम सँस्कार समेत गरे । पछि केही व्यक्तिहरुले उक्साएपछि रजनीशका परिवारले हत्या भएको भन्दै विद्यालयसँग रकम माग्ने दाउ लगाएको आरोप विद्यालय व्यवस्थापन पक्षको छ ।
रजनीशको घटनाको प्रकृतिलाई सिन्धुली प्रहरीले समेत अनुसन्धान प्रक्रियामा राखेको छ । परिवारजनले समेत रजनीशको अप्राकृति मृत्यू स्वीकार गर्दै शव बुझेर अन्तिम सँस्कार गरी उक्साहटमा परेर हत्या गरेको भन्दै चक्काजाम गरेको आरोप छ ।
प्रहरीले पोष्टमार्टम गरी अनुसन्धान गरिरहेको बेला विद्यालयलाई दोषी बनाउँदै परिवारजनले आन्दोलन सुरु गरेको हो । यद्यपी, विद्यालय पक्षले भने सुक्ष्म अनुसन्धान गरी विद्यालय दोषी ठहरिए कानुन बमोजिम कारवाहीको भागी हुने प्रतिवद्धता जाहेर गरेको हो ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८१ भदौ २४ सोमबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्