अब मधेशमै MBBS को पढाई सरकारीस्तरबाट हुने, MBBS को लागि ५० सिट निर्धारण
मुख्यमन्त्री सिँहले एमबिबिएस पठनपाठन सुरु गराउन आवश्यक तयारी तीव्रताका साथ गरी सफलता प्राप्त गरेकामा प्रतिष्ठानका उपकुलपति डा।अंकुर साह, रजिस्ट्रार डा।विनोद यादवलगायतका पदाधिकारी तथा कर्मचारीलाई बधाई दिएका छन् ।

२०८१ भदौ २२ शनिबार, बिहान १०:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ । यो सँगै मधेश प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्चशिक्षाको आरम्भ हुने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री एवम् प्रतिष्ठानका कुलपति सतिशकुमार सिँहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्य्यन अध्यापन शीघ्रातिशिघ्र आरम्भ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यसअनुरूप मुख्यमन्त्री सिँहले सरकारको नीति तथा कार्याक्रममा समेत प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालन हुने कार्यक्रम समाविष्ट गर्नुभएको थियो । मुख्यमन्त्री सिँहले यस कार्यलाई उच्च प्राथमिकतामा राखेर स्रोत सुनिश्चितता, थप पूर्वाधारसम्बन्धी निर्णय र निरन्तर चासोका साथ कामहरू अगाडि बढाए ।
सोही क्रममा उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीहरूलाई भेटेर आवश्यक पूर्वाधारलगायतका अन्य मापदण्ड पुरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरेका थिए ।
प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् । जसमा मधेश प्रदेशका बहुसँख्यक विद्यार्थीले अवसर पाउने विश्वास गरिएको छ ।
प्रतिष्ठानमा एमबिबिएसको अध्य्यन अध्यापन सुरु भएपछि प्रादेशिक राजधानी जनकपुरधामलगायत मधेश प्रदेशको स्वास्थ्यसेवामा समेत गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ ।
चिकित्साशास्त्रमा एमबिबिएस तहको जनशक्ति उत्पादन हुने थलोको रूपमा विकसित हुँदा जनकपुरधाम लगायत वरपरका क्षेत्रमा आर्थिक गतिविधिमा समेत तीव्रता आउने निश्चितप्रायः छ ।
मुख्यमन्त्री सिँहले एमबिबिएस पठनपाठन सुरु गराउन आवश्यक तयारी तीव्रताका साथ गरी सफलता प्राप्त गरेकामा प्रतिष्ठानका उपकुलपति डा।अंकुर साह, रजिस्ट्रार डा।विनोद यादवलगायतका पदाधिकारी तथा कर्मचारीलाई बधाई दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…