मलेसियामा सिरहाका एक युवकको साथीबाटै हत्या
घटनाको जानकारी पाएपछि मलेसिया प्रहरीले तत्कालै गुरुङलाई नियन्त्रणमा लिएको छ। यादवको हत्याको खबरले उनको गाउँ र परिवारजनमा ठूलो क्षति पुऱ्याएको छ। घटनामा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले नेपाल सरकारसँग उचित पहलको अपिल गरेका छन् ।

२०८१ भदौ २० बिहीबार, दिउँसो १:४७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथीबाट हत्या गरिएको छ ।
मलेसियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको हो। वैदेशिक रोजगारको क्रममा २ वर्ष अगाडि मलेशियाको एउटा सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने निलम गुरुङले हत्या गरेको परिवारजनले बताएका छन् ।
घटनाको जानकारी पाएपछि मलेसिया प्रहरीले तत्कालै गुरुङलाई नियन्त्रणमा लिएको छ। यादवको हत्याको खबरले उनको गाउँ र परिवारजनमा ठूलो क्षति पुऱ्याएको छ। घटनामा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले नेपाल सरकारसँग उचित पहलको अपिल गरेका छन् ।
यो घटनाले वैदेशिक रोजगारमा गएका नेपालीहरूको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ । रुपेशको शवलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…