पूर्व काँग्रेसी रहेका साँसद डा. सिँहमाथि काँग्रेसका कार्यकर्ताहरुले गरे ढुँगामुढा

२०८१ भदौ १९ बुधबार
बिहान ०८:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सर्लाही । सर्लाही जिल्लाको धनकौलमा संघीय सांसद डा.अमरेश कुमार सिंहको समूहमाथि ढुंगामुढा गरिएको छ ।

निर्वाचन क्षेत्र भ्रमणमा रहेका सांसद डा. सिंह धनकौल गाउँपालिकाको वडा नम्बर २ मा कार्यकर्ताको घरमा खाना खाइरहेको बेला नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले ढुंगामुढा गरेका हुन् ।

डा. सिंह आफ्ना समर्थक विलासी साहको घरमा दिवा भोजन गर्न गएका थिए । केही दिन देखि उनी निर्वाचन क्षेत्रमा भेटघाट कार्यक्रम चलाइरहेका छन् । घर भित्र भोजन गरिरहेको बेला कांग्रेसका रामश्रेय साह, नरेन्द्र प्रसाद सिंह, सुनिल साह, दिपेन्द्र साह, धर्मेन्द्र साह, कृष्णनन्दन साह, शम्भु साह, सन्तोष ठाकुर, छोटेलाल सहनी लगायतका नेता कार्यकर्ताहरुले अचानक ढुंगामुढा गरेको सांसद डा. सिंहले आरोप लगाएका छन् ।

गाउँपालिका अध्यक्ष रामश्रेय साह, प्रदेश सांसद एवं पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहको निर्देशनमा आक्रमण गराइएको सांसद सिंहले आरोप लगाएका छन् । 

डा. सिंहलाई सुरक्षा दिइरहेका सशस्त्र र नेपाल प्रहरीका केही सुरक्षाकर्मी सहित डा. सिंहका कार्यकर्ताहरु घाइते भएका छन् । उनीहरुलाई समान्य उपचार भइरहेको बताइएको छ ।

नेपाली कांग्रेसका नेताहरुले भने उत्तेजनात्मक भाषण गर्न थालेपछि स्थानीयवासिन्दा आक्रोशित भइ विरोध गरेको बताएका छन् । तर ढुंगामुढा गर्नेमा पूर्वमन्त्री सिंहका भतिजसमेतको सहभागिता रहेको थियो । डा. सिंह दुई पटक नेपाली कांग्रेसको टिकटबाट सर्लाही जिल्लाबाट सांसद जितेका हुन् ।

पछिल्लो निर्वाचनमा कांग्रेसले उनलाई टिकट नदिएपछि स्वतन्त्र भएर प्रतिनिधि सभामा निर्वाचित भएका डा. सिंह आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, उद्योग स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले स्थिती सामान्य भइसकेको जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८१ भदौ १९ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus