न्यूज ब्यूरो, जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको आइतबार भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन अत्यन्त फितलो रह्यो । जसपा नेपालको पदाधिकारी चयन भएपछि शनिबार जनकपुरधाममा भएको अभिमुखीकरण कार्यक्रममा असन्तुष्ट नेताहरुले बहिष्कार गरेका थिए । तर त्यो भन्दा पनि कमजोर अवस्था वीरगञ्जमा देखियो ।
रौतहट, बारा र पर्सा जिल्लाको सहभागिता भनिए पनि पर्साका कार्यकर्ताहरु बाहेक बारा र रौतहटका नेताहरुको सहभागिता न्यून थियो । पर्सा जिल्लाका नेताहरु मध्ये रामनरेश यादव, लालबाबु राउतलगायतको सहभागिता रहेको थियो । जसपा नेपालबाट सांसद बनेका प्रदीप यादवले पार्टी विभाजन गरी अशोक राई नेतृत्वको जसपामा उपमहासचिव रहेका छन् । उनी खानेपानी मन्त्री पनि हुन् ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि यादवसँगै जसपामा समाहित भइसकेका छन् । चार महिनासम्म जसपा नेपालको संगठन सुदृढीकरण गर्न अभिमुखीकरण अभियानको थालनी गरेको जसपा नेपालमा नेताहरु नै असन्तुष्ट भएकाले संगठन नै कमजोर हुन थालेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान विपरीत मनपरी ढंगले पदाधिकारी र कार्यकारिणी समितिमा चयन गरेको आरोप लागेको छ । त्यसबाट जसपा नेपालमा व्यापक असन्तुष्टि देखिएको छ । सो अभियानको उद्घाटन समारोहमा सहभागी हुने नेताहरु पनि अध्यक्ष यादवको क्रियाकलापबाट सन्तुष्ट छैनन् । तर उनीहरु डरले मुख खोलिरहेका छैनन् ।
अध्यक्ष यादवले हरिनारायण यादव, प्रमोद साह, सरोज सिंह कुशवाहा लगायतका नेताहरुले अभियानलाई बहिष्कार नै गरेका छन् । सर्लाहीका अशोक यादवले पार्टी छाडिसकेको, निवर्तमान प्रदेश अर्थमन्त्री सञ्जय यादव र निवर्तमान सांसद प्रमोद साहले बहिष्कार गरेपछि सर्लाहीमा संगठनको अवस्था दयनीय भएको छ ।
पर्सामा पूर्व मुख्यमन्त्री एवं पार्टीका नवनियुक्त महासचिव लालबाबु राउतको जनाधार खस्किएको छ । मुसलमान समुदायले समेत साथ छाडेपछि राउत कमजोर भएको बताइन्छ । उनलाई महासचिव नियुक्त गरिएपछि पर्साका नेताहरु पनि असन्तुष्ट छन् । रौतहटमा गोविन्द चौधरी र किशोरी यादव बाहेकका नेताहरु पार्टीमा निष्क्रिय भएका छन् ।
अभियान उद्घाटन समारोहमा रौतहटको प्रतिनिधित्व न्यून रहेको थियो । चौधरी उपाध्यक्ष र उनकी छोरी राष्ट्रिय सभासदस्य हुन् । बारा जिल्लामा १३ जना केन्द्रीय सदस्य छन् । तर पदाधिकारी र कार्यकारिणी स्मितिमा समेत कसैलाई राखिएको छैन ।
अध्यक्ष यादव सप्तरी जिल्लाबाट पराजित भएपछि बारा जिल्लाबाट चुनाव जितेका हुन् । पार्टीका नेताहरु असन्तुष्ट बनेपछि यादव पर्सा जिल्लामा रहे पनि बारा जिल्लाको निर्वाचन क्षेत्रमा जान सकेनन् । बारा जिल्लामा अब उनलाई चुनावी क्षेत्रमा जान समेत कठिनाइ हुने भएको छ । बारामा उनीप्रति नेता र कार्यकर्तामा व्यापक आक्रोश देखिएको छ ।
अध्यक्ष यादवले फोन सम्पर्क गरी नेताहरुको आवासमै भेट्न चाहे पनि समय नदिने गरेको बताइएको छ । पदाधिकारी चयनले अध्यक्ष यादव गम्भीर विवादमा परेका छन् । आजको जनकपुर टुडेमा समाचार छ ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८१ भदौ १७ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्