न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरस्थित रहेको नेपाल आयल निगमको डिपोमा एक कर्मचारीको हत्या भएको छ ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ सखुवा महेन्द्रनगरस्थित रहेको नेपाल आयल निगमको डिपोमा एक कर्मचारीको हत्या भएको हो ।
हत्या हुनेमा सिरहा नगरपालिका वडा नम्बर ३ मखनाहा निवासी ४० वर्षीय राकेश वर्मा हुन् । उनी निगममा ज्यालादारी कर्मचारीको रूपमा कार्यरत थिए ।
घटना शुक्रबार (आज) बिहान करिब १०ः३० बजे भएको हो । ईलाका प्रहरी कार्यालय, सखुवा महेन्द्रनगरका अनुसार, आयल निगमको एक कोठामा विवाद हुँदा राकेश वर्माको हत्या भएको हो । प्रहरीले घटनामा संलग्न प्रकाश यादव नामक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले जानकारी दिए अनुसार, कोठाभित्र दुबैजनाबीच लडाइँ भएको थियो । घटनास्थलमा इलाका प्रहरीको टोली पुगेको छ र थप अनुसन्धान कार्य जारी छ ।
बिहेको चार महिना नबित्दै श्रीमतिलाई घाँटी थिचेर हत्या !
- २०८१ भदौ १४ शुक्रबार
न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा बिहे भएको चार महिना नबित्दै श्रीमानले श्रीमतिको हत्या गरेको खवर बाहिरिएको छ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ८ रमौलस्थित स्थानीय मोहन राउतको छोरा बर्ष
पूरा पढ्नुहोस्