Close This

जनकपुरधामका मेयर साहको निर्देशनमा नगर प्रहरीले मारे साँढे, कैयौँलाई अपाँग बनाएर फाले

२०८१ भदौ १० सोमबार
रति ९:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको निर्देशनमा नगर प्रहरीले साँढेलाई मारेर फालेको घटना बाहिरिएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेको बुढो साँढेहरुलाई निर्घात कुटपिट गरी मारेर फालेको हो । धनुषाको नक्टाझिझस्थित खोला किनारमा साँढेलाई निर्घात कुटपिट गर्दै बेहोस बनाएर फालेर भागेको दृश्य सिसिटिभी फुटेजमा कैद भएको हो । 

जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहको प्रत्यक्ष निर्देशनमा नगर प्रहरीले साँढेलाई ईन्जेक्सन लगाउनुको साथै मर्ने गरी कुटेर फाल्दा एक साँढेको मृत्यू भएको हो । कैयौँ साँढे जीवन र मृत्यूसँग जुधिरहेको अवस्था छ । 

रातीको समयमा साँढेलाई कुटपिट गरी बेहोस बनाएर महेन्द्रनगर, सखुवा, नक्टाझिझको विभिन्न खोला किनारमा अपाँग बनाएर फाल्ने गरेको घटना बाहिरिएको हो । जनकपुरधाम उपमहानगरपालिकाले नामको लागि गौशाला बनाएपनि साँढेको हालातप्रति सरोकारबालाहरुको ध्यानाकर्षण भएको छ । 

केही साँढेहरुलाई बर्दिवासको जँगल छेउमा समेत फालेको भेटिएको हो । गौशाला–सम्सी सडक खण्डमा साँढेहरु घाईते अवस्थामा भेटिएको हो । सबै साँढे जनकपुर शहरबाट लगेर नगर प्रहरीले फालिदिएको बताईएको छ । 

यस सन्दर्भमा जनकपुरधामका मेयर मनोज साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।

 

  • 97%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 2%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०८१ भदौ १० सोमबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus