केन्द्र सरकाले पूल नबनाए मधेश सरकारले आफैँ कमला पूल बनाउने सहमति
सम्झौता पत्रमा नयाँ पुल निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक बजेट आ।व।२०८२र०८३ को वार्षिक बजेटमा संघ सरकारबाट राख्न पहल गर्ने वा सम्पुर्ण बजेट मधेश प्रदेश सरकारकै श्रोतबाट ब्यहोर्ने, २०८१ मंसिर १ गते भित्र पुल निर्माणकालागि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पुर्ण कार्यक्रम स्थगित गर्ने उल्लेख रहेको छ ।

२०८१ भदौ ८ शनिबार, बिहान ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकार र नयाँ कमला पुलको निर्माणको माग गर्दै अनसनमा बसेका कमला पुल निर्माण संघर्ष समितिबीच ४ बुंदे सम्झौता भएको छ ।
सम्झौता भएसंगै शुक्रबार मुख्यमन्त्री सिंहले आमरण अनशनमा बसेका युवाहरुलाई जुस खुवाएर अनसन तोडाएका छन् ।
सम्झौता पत्रमा नयाँ पुल निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक बजेट आ।व।२०८२र०८३ को वार्षिक बजेटमा संघ सरकारबाट राख्न पहल गर्ने वा सम्पुर्ण बजेट मधेश प्रदेश सरकारकै श्रोतबाट ब्यहोर्ने, २०८१ मंसिर १ गते भित्र पुल निर्माणकालागि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पुर्ण कार्यक्रम स्थगित गर्ने उल्लेख रहेको छ ।
नयाँ कमला पुल निर्माणको माग गर्दै युवाहरु भदौ ४ गते युवाहरु आमरण अनशनमा बसेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…