मधेशमा जनताको कुरा सुन्ने पहिलो मुख्यमन्त्री 'सतिश कुमार सिँह'
केही दिन अगाडी गरिएको मन्त्रीमण्डल विस्तारको चर्को आलोचना भएपछि जसपा नेतृत्वको विद्यार्थीहरुले आन्दोलन गरेपछि उनको समस्या यथाशिघ्र समाधान गर्ने पहिलो मुख्यमन्त्रीको रुपमा सिँह देखिएका छन् । यसअघिको मुख्यमन्त्री, सरकारले विभिन्न आन्दोलनलाई वेवास्ता गर्र्दै आएकोमा सानो आन्दोलनले मन्त्रीमण्डलमा समावेश राज्यमन्त्रीहरुलाई हटाएर उनले जनता राजको परिकल्पनालाई टेवा दिए ।

२०८१ भदौ २ आइतबार, बिहान ८:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । देशमा राज्यको पूर्नसंचरनापछि बनेको ७ प्रदेशमध्ये मधेश प्रदेश (प्रदेश नं.२) अहिलेसम्म बदनामीको धब्बा लगाउँदै आएका विभिन्न मुख्यमन्त्रीहरुमध्ये जनताको कुरा सुनिदिने र कार्यन्वयन गरिदिने पहिलो मुख्यमन्त्री हुन सतिश कुमार सिँह ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट मधेश प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा गद्दी सम्हालेका सतिश कुमार सिँह जनताको भावना बमोजिम काम गर्ने पहिलो मुख्यमन्त्रीको रुपमा देखिएका छन् । विभिन्न राजनीतिक दलको गठबन्धनले बनेको वर्तमान प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री सिँहले जनमत पार्टीको जनताराजको परिकल्पनालाई साकार पार्ने प्रयासरत छन् ।
संघयि सरकारको सत्ता समीकरणको संरचना अन्तर्गत नेकपा एमाले , नेपाली कांग्रेस , लोकतान्त्रिक समाजवादी पार्टीसँगको साझेदारीको घरातलमा गठन र निरन्तरता पाएका मुख्यमन्त्री सिंहको कार्य शैली , निर्णय र अन्य क्रियाकलापले यसअघिका मुख्यमन्त्रीहरुको तुलनामा सराहना गरिएको छ ।
यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकारले गरेको विभिन्न कर्मकाण्ठहरुले बदनाम भएको मधेश प्रदेश सरकारलाई बदनामीको धब्बा सफाई गर्न मुख्यमन्त्री सतिश कुमार सिँह लागिपरेका छन् ।
आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम, योजनाहरु, योजनाको हैसियत, योजनाको बाँडफाँडको हिसाबले विगत ७ बर्षदेखि गर्न नसकेको कार्यहरुलाई वर्तमान सरकारले जनताको मनोभावलाई समेटने प्रयास गरेको छ । वर्तमान सरकारले ल्याएको योजनाहरु मधेश प्रदेशको आम नागरिकको पूर्णतः हितमा सार्वजनिक गरिएको छ ।
वातावरणीय प्रभाव न्यूनिकरणदेखि लिएर आम नागरिकको घरसम्म पुग्ने गरी, विकासको आभाष हुने गरी ल्याएको योजनाहरु पूर्णतः ईमान्दारिका साथ लागू गर्न खोजेपछि जनमत पार्टीको केही नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाउन थालेका छन् । जातीय मानसिकता बोकेका जनमत पार्टीका केही नेता कार्यकर्ताहरुले योजना हान्ने दाउमा रहेको बेला मुख्यमन्त्री सिँहले नियम, कानुन र निष्ठाले योजना सँचालन हुने भनेपछि उनीहरुले आफ्नै पार्टीका मुख्यमन्त्रीप्रति आक्रोसित भएका छन् ।
स्वार्थमा डुब्दै गएका जनमत पार्टीका केही कार्यकर्ताहरुले नै मुख्यमन्त्री सिँहको विरुद्ध षडयन्त्र सुरु गरिसकेको बताईन्छ । जातको हिसाबले मुख्यमन्त्री पाउनुपर्ने मानसिकता बोकेका नेता कार्यकर्ताहरुले मुख्यमन्त्री सिँहलाई असफल बनाउने प्रयास अझै जारी राखेका छन् ।
केही दिन अगाडी गरिएको मन्त्रीमण्डल विस्तारको चर्को आलोचना भएपछि जसपा नेतृत्वको विद्यार्थीहरुले आन्दोलन गरेपछि उनको समस्या यथाशिघ्र समाधान गर्ने पहिलो मुख्यमन्त्रीको रुपमा सिँह देखिएका छन् । यसअघिको मुख्यमन्त्री, सरकारले विभिन्न आन्दोलनलाई वेवास्ता गर्र्दै आएकोमा सानो आन्दोलनले मन्त्रीमण्डलमा समावेश राज्यमन्त्रीहरुलाई हटाएर उनले जनता राजको परिकल्पनालाई टेवा दिए ।
प्रदेश सँचालनको लागि आवश्यक मन्त्रीमण्डल विस्तारमा समेत उनले कुनै दललाई निराश पारेनन् । बहुमत नभएको कारणले बनेको गठबन्धनको सरकारको कारण मुख्यमन्त्री सिँहलाई काम गर्न सकस भएकै हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…