जनकपुरः कुटपिट गरी एक पुरुषको हत्या !

२०८१ श्रावण १५ मंगलबार
बिहान ०९:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आमाछोराले कुटेर एक पुरुषको हत्या गरेको छ । यो घटना धनुषाको धनुषाधाम नगरपालिकाको हो । 

धनुषाधाम नगरपालिका वडा नम्बर २ मंगलपुर टोल बस्ने स्थानीय ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटटिप गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । झगडाको क्रममा उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् ।

धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार, सोमबार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र उनकी श्रीमती घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

बिहान साढे ११ बजे घरमै कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो ।

प्रहरीले कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

  • 0%
  • 10%
  • 0%
  • 0%
  • 30%
  • 60%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०८१ श्रावण १५ मंगलबार

Bureau Menus