
न्यूज ब्यूरो, पोखरा । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।
प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो । विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन्। बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगर २१ का वडाध्यक्ष दीपक सुवेदीले बताए।
उनकाअनुसार बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए। बसमा रहेका विद्यार्थी र चालक पनि घाइते भएको सुवेदीले बताए।
उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
वडाध्यक्ष सुवेदीका अनुसार घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८१ श्रावण १४ सोमबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्