पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, उद्धार जारी !
प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो । विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

२०८१ साउन १४ सोमबार, बिहान १०:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, पोखरा । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।
प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो । विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन्। बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगर २१ का वडाध्यक्ष दीपक सुवेदीले बताए।
उनकाअनुसार बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए। बसमा रहेका विद्यार्थी र चालक पनि घाइते भएको सुवेदीले बताए।
उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
वडाध्यक्ष सुवेदीका अनुसार घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…