कमला नगरपालिकामा भवन नबन्दै लाखौँको फर्निचर खरिद, टन्नै कमिशन खाएको जसपाको आरोप
उनले भने, –“फर्निचरको आवश्कया नयाँ भवनमा नभएपनि पुराना भवनमा सँचालनमा रहेको कार्यालयमा छ । जनप्रतिनीधिहरुको कार्यालय, वडा कार्यालय, स्वास्थ्य कार्यालय, विद्यालयसहित अन्य सार्वजनिक कार्यालयको लागि समान खरिद गरिएको छ । टेण्डर प्रक्रियाबाट भएको छ। यसमा शंका गर्ने कुनै आधार छैन् ।

२०८१ साउन ५ शनिबार, बेलुकी ६:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर विवादमा रहँदै आएको पूर्वी धनुषाको कमला नगरपालिकामा प्रशासकीय भवन नबन्दै भवनको लागि पहिले नै लाखौँको फर्निचर खरिद गरिएको छ ।
आर्थिक बर्ष समाप्त हुन लाग्दा खरिदमा कमिशन उठाउनको लागि नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीहरुले मिलोमत्तो गरी लाखौँ रुपैयाँको फर्निचर र अन्य समाग्री खरिद गरेको आरोप प्रतिपक्षिहरुको छ ।
कमला नगरपालिकामा प्रतिपक्षको भूमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुले शुक्रबार कमला नगरपालिकामा मगाइएको तीन ट्रक फर्निचर समाग्रीलाई हिरासतमा लिएर तालाबन्दी गरिदिएको हो ।
जसपा नेपालका क्षेत्रिय अध्यक्ष विशेश्वर यादवको अगुवाईमा गएको जसपा नेपालका नेता कार्यकर्ताहरुको टोलीले प्रशासकीय भवनको आधार मात्र तयार भएको अवस्थामा फर्निचर खरिद कमिशन र भ्रष्टाचारको लागि मात्रै भएको आरोप लगाएका हुन् । आर्थिक बर्ष समाप्ती हुन लाग्दा कामै नगर्न नसकेका जनप्रतिनीधिहरुले फर्निचर खरिदबाटै कमिशन कमाउन भवन निर्माण अगावै फर्निचर गरिद गरेको आरोप क्षेत्रीय अध्यक्ष यादवले लगाए ।
उनका अनुसार, विकास निर्माणका कार्य गर्न नसकेका कमलाका निर्वाचित जनप्रतिनीधिहरुले कमिशन बाँडफाँड गर्न १ करोड बढीको समान खरिद गरेको दाबी गरे । उनले प्रशासकीय भवन निर्माणतर्फ बजेट नै नदिने, भवनको कार्य अगाडी नै नबढाउने, मनमा छलकपट राखेर कमलाका मेयर विशेश्वर प्रसाद यादवले काम गर्ने गरेको आरोप उनले लगाए । प्रशासकीय भवनमा बजेट नै नदिई भवन नबन्दै फर्निचर खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्ने तयारी गरेको बताए ।
भवन निर्माण हुन अझै दुई बर्ष लाग्ने सम्भावना रहेको अवस्थामा दुई बर्ष अघि नै फर्निचर खरिद गर्नु नियवंश भ्रष्टाचारको गन्ध आएको यादवले सुनाए । सोही क्रममा कमला नगरपालिका वडा नं. २ का पूर्व वडाध्यक्ष धनेश्वर यादवले फर्निचर खरिदको हरहिसाब, प्रयोजन नदेखाएसम्म तालाबन्दी राख्ने चेतावनी दिए । उनले कामै नभएको अवस्थामा, आवश्यकता नै नभएको अवस्थामा फर्निचर खरिद गरी कर्मचारी र जनप्रतिनीधि मिलोमत्तो गरेको आरोप लगाए ।
यता, सोही सन्दर्भमा कमला नगरपालिकाका लेखा अधिकृत सँजीव कुमार महतोले कार्यालय प्रयोजनको लागि टेन्डर मार्फत समान खरिद गरिएको बताए । उनले अहिले सँचालनमा रहेको कमला नगरपालिकाको पुराना कार्यालय, विभिन्न वडामा समेत फर्निचरको आवश्यकतालाई ध्यानमा राखी कार्यपालिकाबाट निर्णय गरी फर्निचर खरिद गरिएको बताए । उनले २० लाख रुपैयाँको फर्निचर टेन्डर आह्वान गरी खरिद गरिएको बताए ।
उनले भने, –“फर्निचरको आवश्कया नयाँ भवनमा नभएपनि पुराना भवनमा सँचालनमा रहेको कार्यालयमा छ । जनप्रतिनीधिहरुको कार्यालय, वडा कार्यालय, स्वास्थ्य कार्यालय, विद्यालयसहित अन्य सार्वजनिक कार्यालयको लागि समान खरिद गरिएको छ । टेण्डर प्रक्रियाबाट भएको छ। यसमा शंका गर्ने कुनै आधार छैन् ।
सोही सन्दर्भमा नगर प्रमुख विशेश्वर प्रसाद यादव र कार्यालय प्रमुख सँतोष मिश्रसँग सम्पर्क भने हुन सकेनन् । शुक्रबार जनमतका धनुषा निर्वाचन क्षेत्र नं. २ (क) का प्रत्यासी उम्मेदवार दिपेन्द्र तेथवार लगायतका नेताहरुले विरोध जनाएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…