चौथो पटक देशको प्रधानमन्त्रीको रुपमा ओली आज सपथ लिँदै
यो ओलीको चौथो कार्यकाल हुनेछ । यसअघि ओली २०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०७४ मा आमचुनावपछि प्रधानमन्त्री २०७८ मा बनेका थिए । ओलीका यसअघिका कार्यकाल केही सफल र विवादास्पद पनि बन्यो । दोस्रो र तेस्रो कार्यकालमा गरी ओलीले दुईपटक संसद विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएको थियो । उनकै दोस्रो कार्यकालमा देशको नयाँ नक्सा पनि जारी भएको थियो । ओलीले शपथ लिए लगत्तै उपप्रधानमन्त्रीहरुमा कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णुप्रसाद पौडेलले मन्त्रीको शपथ लिने बताईन्छ ।

२०८१ असार ३१ सोमबार, बिहान ९:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
नेपाली कांग्रेस र एमालको गठबन्धनबाट शुक्रबार राष्ट्रपति पौडेलसमक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेस गरेका थिए । शुक्रबार पुष्पकमल दाहाल प्रचण्ड संसदबाट विश्वासको मत पाउन असमर्थ भएका थिए । त्यसपछि राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मको समयसीमा निर्धारण गरी सरकार बनाउने दाबी पेस गर्न आह्वान गरेका थिए ।
राष्ट्रपतिको आह्वानपछि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपति भवन शीतल निवास पुगेर दाबी पेस गरेका थिए । ओलीले पद तथा गोपनीयताको शपथग्रहण भने सोमबार बिहान ११ बजे गर्ने तय भएको छ । सोमबार नै नवनियुक्त प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पनि गठन गर्ने भएका छन् ।
यो ओलीको चौथो कार्यकाल हुनेछ । यसअघि ओली २०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०७४ मा आमचुनावपछि प्रधानमन्त्री २०७८ मा बनेका थिए । ओलीका यसअघिका कार्यकाल केही सफल र विवादास्पद पनि बन्यो । दोस्रो र तेस्रो कार्यकालमा गरी ओलीले दुईपटक संसद विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएको थियो । उनकै दोस्रो कार्यकालमा देशको नयाँ नक्सा पनि जारी भएको थियो । ओलीले शपथ लिए लगत्तै उपप्रधानमन्त्रीहरुमा कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णुप्रसाद पौडेलले मन्त्रीको शपथ लिने बताईन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…