जनकपुरको बाह्रविघामा दाहा मनाउन नदिन धनुषा प्रशासनलाई हिन्दु सम्राट सेनाको ध्यानाकर्षण
यसअघि स्थानीय प्रशासन, मुस्लिम समुदायका अगुवा, हिन्दु समुदायका अगुवाहरुबीच रँगभूमि मैदानमा दाहा खेल्न नपाउने, जानकी मन्दिर भएर हातहतियारसहितको प्रदर्शन गरी मोहर्रम खेल्न नपाउने निर्णय भएको बताईएको छ । सो निर्णय अघिल्लो बर्ष सहमतिमा कार्यन्वयन नभएपनि यसपाली कार्यन्वयनको लागि अगावै ध्यानाकर्षण गराएको हो ।

२०८१ असार ३० आइतबार, बेलुकी ७:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दुवादी संगठन रहेको हिन्दु सम्राट सेनाले जनकपुरको रँगभूमि मैदान (बाह्रविघा) मा दाहा मनाउन प्रतिबन्धको निर्णयलाई कार्यन्वयन गर्न प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।
आईतबार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाउँदै हिन्दु सम्राट सेनाले विगतमा प्रशासनको रोहबरमा भएको सर्वपक्षियत सहमति अनुसार बाह्रविघा मैदानमा मुहर्रम, दाहा मनाउन नदिने निर्णय कार्यन्वयनको लागि ध्यानाकर्षण गराएको हो ।
हिन्दु धर्मावलम्बीहरुको यात्राको दिन देशको विभिन्न स्थानामा सम्प्रादायिक घटनाहरु हुँदै आएको तथ्यलाई मध्यनजर गर्दै हिन्दु सम्राट सेनाले विगतको निर्णयलाई कार्यन्वय गर्न माग गरेको हो । यसपालीदेखि बाह्रविघा मैदानमा हातहियारसहितको प्रदर्शन नगर्न, जानकी मन्दिर भएर हतियार प्रदर्शन नगर्न भएको निर्णयलाई तादरुकताका साथ कार्यन्वयनको लागि ध्यानाकर्षण गराएको हो ।
यसअघि स्थानीय प्रशासन, मुस्लिम समुदायका अगुवा, हिन्दु समुदायका अगुवाहरुबीच रँगभूमि मैदानमा दाहा खेल्न नपाउने, जानकी मन्दिर भएर हातहतियारसहितको प्रदर्शन गरी मोहर्रम खेल्न नपाउने निर्णय भएको बताईएको छ । सो निर्णय अघिल्लो बर्ष सहमतिमा कार्यन्वयन नभएपनि यसपाली कार्यन्वयनको लागि अगावै ध्यानाकर्षण गराएको हो ।
हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुको एक टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय प्रशासनसँग समन्वयको लागि अपिल गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…