बस दुर्घटनाप्रति गम्भिर छौँ, सिडिओ र मुख्यसचिवसँग लगातार समन्वयमा छौँः मुख्यमन्त्री सिँह
बस दुर्घटनामा परी बेपत्ता भएका यात्रुहरुको सकुलताको कामनासहित जीवनको आसा राख्दै मुख्यमन्त्री सिँहले मृत भेटिएका परिवारप्रति दुःख प्रकट गरे । उनले प्रदेश सँसदमा समेत शोक प्रकट गरेको बताउँदै तथ्याँक यकिनपछि कुनै ठोस निर्णय लिने बताए । अहिले बेपत्ता भएकाहरुको खोजी कार्य तीव्र भईरहेको र मधेश सरकारको तर्फबाट आवश्यक सबै सहयोगको लागि समन्वय भईरहेको बताए ।

२०८१ असार २९ शनिबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले चितवनमा भएको बस दुर्घटनाप्रति गम्भिर भएको बताएका छन् ।
शुक्रबार विहान काठमान्डौँबाट मधेश प्रदेशको रौतहट गौर आउँदै गरेको बस र वीरगँजबाट काठमान्डौँ जाँदै गरेको बस पहिरोको चपेटामा परेपछि ६५ जना यात्रु बेपत्ता भएपछि सुरक्षा निकाय एक्सनमा आएको हो ।
शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।
सोही क्रममा मधेश प्रदेशका यात्रुहरु भएपनि मधेश सरकारले कुनै एक्सन नलिएको आरोप लाग्न थालेपछि मुख्यमन्त्री सिँहले रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रदेशका मुख्यसचिवलाई समन्वयको लागि निर्देशन दिएको बताएका छन् ।
न्यूजब्यूरोसँगको संक्षिप्त कुराकानीको क्रममा मुख्यमन्त्री सिँहले सुरक्षा निकायसँग मुख्यसचिवलाई लगातार समन्वय गर्न आदेश निर्देश दिएकोब बताए । उनले यात्रुहरु रौतहटको रहेको जानकारीपछि सबै तथ्याँकको टाईम टु टाईम अपडेट गराउन निर्देशन दिएको बताएका हुन् ।
बस दुर्घटनामा परी बेपत्ता भएका यात्रुहरुको सकुलताको कामनासहित जीवनको आसा राख्दै मुख्यमन्त्री सिँहले मृत भेटिएका परिवारप्रति दुःख प्रकट गरे । उनले प्रदेश सँसदमा समेत शोक प्रकट गरेको बताउँदै तथ्याँक यकिनपछि कुनै ठोस निर्णय लिने बताए । अहिले बेपत्ता भएकाहरुको खोजी कार्य तीव्र भईरहेको र मधेश सरकारको तर्फबाट आवश्यक सबै सहयोगको लागि समन्वय भईरहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…