पूर्व अधिकृत यादव गैरकानुनी सम्पति आर्जन मुद्दामा दोषी ठहर

२०८१ असार २६ मंगलबार
बिहान ११:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय, पर्साका पूर्वअधिकृत शशिभूषणकुमार यादव गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन् ।

उनलाई विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीशद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यादवलाई दोषी ठहर गरेको छ ।

अदालतले उनलाई ६ महिना कैद र ३ करोड ३० लाख ५१ हजार ३३६ रुपैयाँ जरिवानाको सजायसमेत तोकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवको वैध आय–व्यय गणना गर्दा उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको पाइएको छ । उनको वैधानिक आयभन्दा ३ करोड ३० लाख ५१ हजार ३३६ रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको पाइएको छ ।

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

धनुषाको खजुरीमा भव्य पँचवर्षिय झण्डा मेला लाग्दै, ७ दिनम्म लाग्नेछ मेला

  • २०८१ असार २६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको खजुरीमा प्रत्येक पाँच बर्षमा लाग्दै आएको भव्य झण्डा मेला २०८१ आयोजन गरिएको छ ।  जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरी फिल्ड (परसाहा) मा आयोजन गरिएको मेला

पूरा पढ्नुहोस्

Bureau Menus