नक्कली सर्टिफिकेट आरोपमा प्रादेशिक अस्पताल जलेश्वरकी एक चिकित्सकमाथि मुद्दा दायर
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले आरोपी साहले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा होमियोप्याथिक चिकित्सक ९अधिकृत आठौं० पदमा नियुक्ति लिई ओहदा, लाभ र सुविधा प्राप्त गरेकी थिइन् ।

२०८१ असार २४ सोमबार, बिहान ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा होमियोप्याथिक चिकित्सक ९अधिकृत आठौँ० पदमा कार्यरत संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप–पत्र दायर गरेको छ । आरोपी साहले भारतको बिहार संस्कृत शिक्षा बोर्डद्वारा सञ्चालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको भनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले आरोपी साहले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा होमियोप्याथिक चिकित्सक ९अधिकृत आठौं० पदमा नियुक्ति लिई ओहदा, लाभ र सुविधा प्राप्त गरेकी थिइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…