भ्रष्टाचारको नमुनाः धनुषाको नगराईन नगरपालिकामा बजेट पचाउन पिसिसि ढलानमाथि ग्राभेल

२०८१ असार २४ आइतबार
रति ९:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराई नगरपालिकामा बजेट पचाउन एक वडामा पिसिसि ढलानमाथि नै ग्राभेल गरेर फाईल पेश गरिएको छ । 

भुक्तानीको अन्तिम सेसन चलिरहँदा नगराईन नगरपालिका वडा नं. ४ स्थित विभिन्न स्थानमा भएको पिसिसि ढलानमाथि नै ग्राभेल गरी फोटो खिचेर चेक काटन लगाएको बताईएको छ । 

वडा नं. ४ मा सडक मर्मत सम्भारको लागि कुल ५ लाख रुपैयाँ बजेट राखिएकोमा आवश्यक नै नभएको स्थानमा ग्राभेल हालेर बजेट निकासाको योजनामा रहेको पाईएको छ । 

दुई दिन अगाडी मात्र ढलानमाथि नै ग्राभेल हालेर कोटेशनबाट गरिएको सो योजनाको कार्यको लागि अन्तिम भुक्तानीको लागि फाईल पेश गरिएको एक स्थानीयले बताए । त्यसको लागि वडा नं. ४ का वडाध्यक्ष राजकुमार ठाकुरले सहयोग गरेको बुझिएको छ । 

कार्य सम्पन्नताको लागि वडाध्यक्ष ठाकुरले नै बजेट कुम्ल्याउनको लागि सो योजनामा पिसिसि ढलानमाथि ग्राभेल हालिएको आरोप छ । यद्यपी, यस सन्दर्भमा वडाध्यक्षले प्रतिक्रिया दिन मानेनन् । 

  • 0%
  • 70%
  • 0%
  • 0%
  • 0%
  • 30%

सुरक्षित इन्टरनेट दिवसमा WorldLink को इन्टरनेट साक्षरता

  • २०८१ असार २४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले सुरक्षित इन्टरनेट दिवसको अवसरमा मधेस प्रदेशका विभिन्न स्थानमा इन्टरनेट साक्षरता सत्र सम्पन्न गरेको छ। वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी (WIA) को

पूरा पढ्नुहोस्

Bureau Menus