भ्रष्टाचारको नमुनाः धनुषाको नगराईन नगरपालिकामा बजेट पचाउन पिसिसि ढलानमाथि ग्राभेल
दुई दिन अगाडी मात्र ढलानमाथि नै ग्राभेल हालेर कोटेशनबाट गरिएको सो योजनाको कार्यको लागि अन्तिम भुक्तानीको लागि फाईल पेश गरिएको एक स्थानीयले बताए । त्यसको लागि वडा नं. ४ का वडाध्यक्ष राजकुमार ठाकुरले सहयोग गरेको बुझिएको छ ।

२०८१ असार २३ आइतबार, राति ९:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराई नगरपालिकामा बजेट पचाउन एक वडामा पिसिसि ढलानमाथि नै ग्राभेल गरेर फाईल पेश गरिएको छ ।
भुक्तानीको अन्तिम सेसन चलिरहँदा नगराईन नगरपालिका वडा नं. ४ स्थित विभिन्न स्थानमा भएको पिसिसि ढलानमाथि नै ग्राभेल गरी फोटो खिचेर चेक काटन लगाएको बताईएको छ ।
वडा नं. ४ मा सडक मर्मत सम्भारको लागि कुल ५ लाख रुपैयाँ बजेट राखिएकोमा आवश्यक नै नभएको स्थानमा ग्राभेल हालेर बजेट निकासाको योजनामा रहेको पाईएको छ ।
दुई दिन अगाडी मात्र ढलानमाथि नै ग्राभेल हालेर कोटेशनबाट गरिएको सो योजनाको कार्यको लागि अन्तिम भुक्तानीको लागि फाईल पेश गरिएको एक स्थानीयले बताए । त्यसको लागि वडा नं. ४ का वडाध्यक्ष राजकुमार ठाकुरले सहयोग गरेको बुझिएको छ ।
कार्य सम्पन्नताको लागि वडाध्यक्ष ठाकुरले नै बजेट कुम्ल्याउनको लागि सो योजनामा पिसिसि ढलानमाथि ग्राभेल हालिएको आरोप छ । यद्यपी, यस सन्दर्भमा वडाध्यक्षले प्रतिक्रिया दिन मानेनन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…