माओवादी, जसपाको विरोधको बाबजुद मधेशका मुख्यमन्त्री सिँहले पाए विश्वासको मत
डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट मुख्यमन्त्री बनेका मुख्यमन्त्री सतिश सिँहले शनिबार प्रदेश सँसदमा लिएको विश्वासको मतको क्रममा माओवादी, जसपा, एकिकृत समाजवादी विपक्षमा खडा भएपनि मुख्यमन्त्री सिँहले विश्वासको मत पाउन सफल भएको हो ।

२०८१ असार २२ शनिबार, राति ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशमा बलियो रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा माओवादी (केन्द्र) को विरोधको बाबजुद पनि मधेशका मुख्यमन्त्रीले विश्वासको मत पाएका छन् ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट मुख्यमन्त्री बनेका मुख्यमन्त्री सतिश सिँहले शनिबार प्रदेश सँसदमा लिएको विश्वासको मतको क्रममा माओवादी, जसपा, एकिकृत समाजवादी विपक्षमा खडा भएपनि मुख्यमन्त्री सिँहले विश्वासको मत पाउन सफल भएको हो ।
शनिवार बसेको प्रदेशसभा बैठकमा उपस्थित जम्मा १०१ सांसदमध्ये ६७ जना सांसदले मुख्यमन्त्री सिंहको पक्षमा मतदान गरेका थिए भने ३४ जना सांसदले विपक्षमा मतदान गरेका थिए ।
माओवादी र एकीकृत समाजवादीको समर्थनमा बनेको सिंह नेतृत्वको सरकारले भने विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने कांग्रेस, एमाले, जनमत, लोसपाले पक्षमा मतदान गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…