जनकपुरः एउटै पोखरीमा डुबेर एकैपटक तीन बालिकाको मृत्यू !
मृत्यु भएका धनौजी गाउँपालिका वडा नम्बर ५ बहुअर्वा ११ वर्षीय मुस्कान खातुन,१० वर्षीय अजमेरी खातुन र ९ वर्षीय जिनत खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रंजन अवाले जानकारी दिइएका छन।

२०८१ असार २० बिहीबार, बेलुकी ६:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्र जनकपुरधामस्थित एउटै पोखरीमा डुबेर तीन बालिकाको मृत्यू भएको छ ।
जनकपुरधाम शहरभन्दा केही दुरीमा नेपाल भारतसीमा क्षेत्र नजिक रहेको धनुषाको धनौजी गाउँपालिका वडा नं. ५ बहुअर्बास्थित रहेको एक पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको हो ।
विहिबार दिउँसो पोखरीमा नुहाउन गएका ३ जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृत्यु भएका धनौजी गाउँपालिका वडा नम्बर ५ बहुअर्वा ११ वर्षीय मुस्कान खातुन,१० वर्षीय अजमेरी खातुन र ९ वर्षीय जिनत खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रंजन अवाले जानकारी दिइएका छन।
बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलाय धनुषाले जानकारी दिएका छ्न् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…