बाराका क्याम्पस प्रमुखको हत्यामा प्रयोग गरिएको हतियारसहित थप एक पक्राउ
कुशवाहाको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर ३ बतरा र भटिनियाको बीचमा पर्ने मन्दिर अगाडि गत जेठ ३२ गते हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिसकेको छ । हत्याका मुख्य दोषी भने फरार छन् ।

२०८१ असार १९ बुधबार, बिहान ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । रामराजामोहन बिक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
बारागढी गाउँपालिका वडा नम्बर ५ चरमन्तपथरा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए ।
निजको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, उक्त पेस्तोलमालाग्ने एक राउण्ड गोली र म्याग्निज एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।
कुशवाहाको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर ३ बतरा र भटिनियाको बीचमा पर्ने मन्दिर अगाडि गत जेठ ३२ गते हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिसकेको छ । हत्याका मुख्य दोषी भने फरार छन् ।
निजलाई पक्राउ गर्न प्रहरीले मित्र राष्ट भारतका सुरक्षा अधिकारीसँग निरन्तर सम्पर्कमा बसी खोज तलास तीव्र पारिएको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।
गोली हान्ने मुख्य दोषी पक्राउ गर्न नागरिक अगुवा, क्याम्पस व्यवस्थापन समिति, कर्मचारी, राजनीतिकर्मी र विद्यार्थीले दबाब दिँदै आएका छन् । कुशवाहाको हत्याले सिङ्गो जिल्लामा त्रास फैलिएको छ ।
बारामा आठ महिना अवधिमा चार जनाको गोली हानी हत्या भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…