जनकपुरः आफ्नै श्रीमानले बेपत्ता पारेर श्रीमतिलाई गरे हत्या
जेठ २६ मा औरही बाबाको दर्शन गर्नका लागि भन्दै श्रीमती रुवीलाई खोल्सामा पु¥याएर राजुले हत्या गरेको अनुसन्धानबाट खुलेको डीएसपी अवाले बताए ।

२०८१ असार ३ सोमबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत एक सातादेखि बेपत्ता भएकी धनुषाकी एक महिलाको उनकै श्रीमानले हत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले गत जेठ २६ गतेदेखि बेपत्ता भएकी धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ सखुवा महेन्द्रनगर बस्ने राजु यादवकी श्रीमति ३५ बर्षिय रुबी यादवको हत्या भएको बताईएको छ ।
रुबी यादवको हत्या आफैंले गरेको उनका श्रीमान राजु यादवले स्वीकारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जेठ २६ गते महेन्द्रनगरबाट रुवी बेपत्ता भएको भनेर उनका श्रीमान् राजुले प्रहरीलाई जानकारी गराउँदै खोजविनका लागि अनुरोध गरेका थिए । प्रहरीले अनुसन्धान गर्दा राजुले स्वयं बेपत्ता पारेको निष्कर्षमा पुग्यो ।
इलाका प्रहरी कार्यालय सखुवाले राजुलाई बिहीबार नियन्त्रणमा लिएर सुक्ष्म ढंगले अनुसन्धान थाले । हिरासतमा बसेको दुई दिनपछि राजुले श्रीमतीको हत्या गरेको स्वीकारेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । ‘राजुले दिएको लोकेसनमा सर्च गर्दा रुवीको शव फेला परेको छ,’ उनले भने, ‘मिथिला नगरपालिकाको सामुदायिक वनको खोल्सामा शव भेटिएको हो ।’
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको उनले बताए ।
जेठ २६ मा औरही बाबाको दर्शन गर्नका लागि भन्दै श्रीमती रुवीलाई खोल्सामा पु¥याएर राजुले हत्या गरेको अनुसन्धानबाट खुलेको डीएसपी अवाले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…