जनकपुरमा ९ हजार विघा मन्दिरको जग्गा अतिक्रमण भएको छः गृहमन्त्री

२०८१ असार १ शुक्रबार
रति ८:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको ९ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको बताएका छन् ।

गृह मन्त्रालयका १०० दिनको उपलब्धी सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले यो जानकारी दिएका हुन् ।

जनकपुरमा जग्गा अतिक्रमणबारे गृह मन्त्रालयले ‘बिग अपरेशन’ सुरू गरेको जानकारी दिए । उनले विस्तृतरूपमा भने बताएनन् ।

अनुसन्धानमा भएका विषयहरूको गहनताका कारण सार्वजनिक गर्न नसकिने लामिछानेको भनाइ छ ।

उनले भने, ‘दिनरात एक गरेर काम गरिरहेका छौं । कुनै पनि केसमा कम्प्रमाइज हुँदैन । ती केसका आफ्नै जटिलताहरू छन् । त्यसैले केही समय अवश्य लाग्छ । तर, सुशासन कायम गर्ने कुरामा सम्झौता हुँदैन ।’

गृहमन्त्री लामिछानेले थपे, ‘के भयो कसो भयो भन्नै पर्दैन । हुँदैछ गर्दैछौं । समय आएपछि थाहा पाउनुहुन्छ । कुनै त्यस्तो व्यक्ति छैन जसलाई हामीले बचाउन परोस् । कुनै अभियन्ता, व्यापारिक घरानाको व्यक्ति कसैको पनि भारी बोक्ने होइन । हामीले बोक्ने भारी भनेको जनताले दिएको मतको भारी हो ।’

  • 5%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८१ असार १ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus