बारामा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या

२०८१ असार १ शुक्रबार
रति ८:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बारा ।  बाराको आदर्श कोतवाल नगरपालिका –३ मा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको छ ।

शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल–२ खजुरिया टोलका हरि भूषण कुशवाहाको मृत्यु भएको हो ।  

गोली लागेर घाइते भएका कुशवाहाको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेकाले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरी प्रवक्ता डीएस्पी दधिराम न्यौपानेले बताए ।

यसअघि गतवर्ष कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्‍डु भनिने रुपेश सर्राफको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८१ असार १ शुक्रबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus