मधेश प्रदेशमा आर्थिक बर्ष २०८१ /०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

२०८१ जेठ ३१ बिहीबार
रति १०:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिदैं मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशसभाका सदस्यहरुले राखेको सुझावहरू बजेटमा समेट्ने प्रतिबद्धता गरे। उनले मधेश प्रदेश सरकारले बोलेर होइन काम गरेर देखाउने पक्षमा रहेकाले काम गर्नका लागि सबैसँग सहयोगका लागि आग्रह समेत गरे।

यसअघि नीति तथा कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहले राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिता कुमारी राउत ईशरले निर्णायार्थ पेश गरेकी थिइन् । उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित भएको छ ।

गत मङ्गलवार मधेश प्रदेशसभामा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा इनभर्टर बेच्न अप्रत्यासित लोडसेडिँग

  • २०८१ जेठ ३१ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणले जनकपुरमा अप्रत्यासित रुपमा लोडसेडिँग गर्न थालेपछि ईनभर्टर व्यापारीसँग मिलोमत्तो गरेको आरोप लगाईएको छ ।  बिना कारण अप्रत्यासित रुपमा विद्युत कटौति गर्न थालेपछि केही कर्मचारीहरु

पूरा पढ्नुहोस्

Bureau Menus