सिँह बने मधेशको नयाँ मुख्यमन्त्री, भौतिक पूर्वाधार मन्त्रीमा यादव
यसअघिका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न शुक्रबार बिहानसम्मको समय दिएका थिए ।

२०८१ जेठ २५ शुक्रबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले सपथ लिएका छन् ।
शुक्रबार जनकपुरमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई पद तथा गोपनियताको सपथ गराएको हो । त्यस्तै मुख्यमन्त्री सिंहसँगै मन्त्रीहरुले पनि शपथ लिएका छन् ।
अर्थमन्त्रीमा भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा युवराज भट्टराई, भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोज कुमार यादव, भूमि व्यवस्था मन्त्रीमा गोविन्द बहादुर न्यौपाने, शिक्षा मन्त्रीमा राज कुमार लेखीले सपथ लिएको हो।
त्यस्तै स्वास्थ्य मन्त्रीमा शत्रुघन प्रसाद सिंह, ऊर्जामन्त्रीमा बेची लुङ्गेली, खेलकुद मन्त्रीमा प्रमोद कुमार जयसवालले सपथ लिनुभएको छ भने गृह, सञ्चार तथा कानून मन्त्रीमा विमला अंसारी, श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरीले सपथ लिएको हो । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्रीले नै सम्हालने गरि तोकिएको छ ।
जनमत पार्टीका सांसद सिंह संविधानको धारा १६८ को उपधारा २ बमोजिम शुक्रबार नै मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । सिंहले जनमतका साथै, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
यसअघिका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न शुक्रबार बिहानसम्मको समय दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…