मधेश प्रदेशका मुख्यमन्त्री यादव पदमुक्त
प्रदेश सभामा आज उपस्थित १०३ जना सांसदहरुमध्ये मुख्यमन्त्रीलाई विश्वासको मत दिने पक्षमा ५० जना सांसद र विश्वासको मत नदिनेमा ५३ जना सांसद थिए ।

२०८१ जेठ २३ बुधबार, राति ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।
बुधबार दास्रो पटक बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले पाँचौ पटक विश्वासको मत मागेका थिए ।
प्रदेश सभामा आज उपस्थित १०३ जना सांसदहरुमध्ये मुख्यमन्त्रीलाई विश्वासको मत दिने पक्षमा ५० जना सांसद र विश्वासको मत नदिनेमा ५३ जना सांसद थिए ।
विश्वासको मत प्राप्त गर्न असफल भएसंगै मुख्यमन्त्री यादव स्वतः पदमुक्त भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…