मधेशमा सरकार बनाउन ठुला दलका नेताहरुको भेटवार्ता
माधव नेपालले पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै मधेश सरकारमा जनमत पार्टीलाई सत्ता गठबन्धनको निर्णयअनुसार सहयोग गर्न तयार भएको बताएको ओलीको सचिवालयको भनाइ छ ।

२०८१ जेठ २१ सोमबार, राति ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा तीन नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताले लामो छलफल गरेका हुन् ।
तीन नेताहरूबीच मधेस सरकार बनाउने विषयमा कुरा भएको छ । त्यसैगरी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई केन्द्र सरकारमा समावेश गर्ने विषयमा छलफल भएको बताइएको छ ।
माधव नेपालले पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै मधेश सरकारमा जनमत पार्टीलाई सत्ता गठबन्धनको निर्णयअनुसार सहयोग गर्न तयार भएको बताएको ओलीको सचिवालयको भनाइ छ ।
त्यसभन्दा पहिले बालुवाटारमा प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट गरेका थिए ।
सो भेटमा संसद् चलायमान बनाउनेबारे छलफल भएको बताइएको छ । विधेयकहरूका विषयमा पनि छलफल भएको थियो ।
पछिल्लो समय मधेस सरकारको विषयलाई लिएर सत्ता गठबन्धनका नेताहरूबीच असमझदारी बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…