पत्रकार विनय घटनाका मुख्य आरोपितलाई हाजिरी जमानीमा छाडिदै
स्थानीय तहको चुनावमा दुई पटकदेखि निरन्तर लज्जास्पद हार बेहोर्दै आएको यादवको पत्रकार विनयसँग खटपट भईरहन्थ्यो । पत्रकार यादवको परिवारजन नेपाली काँग्रेससँग आस्था राख्दै आएको र निरन्तर दुई पटकदेखि निर्वाचित हुँदै आएका काँग्रेसका बालेश्वर मण्डल नजिक रहेका पत्रकार यादवसँग राजनीतिक दृष्टिकोणले समेत दिपक यादवको मनमुटाव रहँदै आएको बताईन्छ ।

२०८१ जेठ १८ शुक्रबार, बिहान ११:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका पत्रकार विनय कुमार यादवको शंकास्पद मृत्यू प्रकरणमा प्रहरी हिरासतमा रहेका ललन भन्ने लक्ष्मीनारायण यादवलाई हाजिरी जमानीमा रिहा गर्न लागेको खवर प्राप्त भएको छ ।
धनुषा प्रहरीले पत्रकार यादवको घटना मिशिलमा पर्याप्य आधारहरु अझै पेश गर्न नसकेको भन्दै ललनलाई हाजिरी जमानीमा रिहा गर्न लागिएको सरकारी वकिल कार्यालय अधिवक्ता सुदिप दँगालले जानकारी दिए । न्यूज ब्यूरोसँगको कुराकानीमा उनले धनुषा प्रहरीले मिशिल नै पूरा नगरेको कारण उनलाई तत्काल हाजिरी जमानीमा रिहा गरी अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताए ।
अधिवक्ता दँगालका अनुसार, धनुषा प्रहरीले पटक पटक अनुसन्धानको लागि म्याद थपेपनि मिशिलमा चाहिने आवश्यका कागजातहरु तयार पार्न नसकेर हाजिरी जमानीमा छाडनुपर्ने बाध्यता भएको बताए । उनले पत्रकार विनय यादवको घटना जटिल र सुक्ष्म अनुसन्धानको दायरामा रहेको बताए । घटनाको प्रकृति खुलेपनि सो घटनामा एक जना मात्र सँलग्न हो की अन्य तीन जना सँलग्न छ भनेर प्रहरीले पुष्टि नै गर्न सकेको छैनन् ।
धनुषा प्रहरीको कमि कमजोरीको कारण मुख्य आरोपित ललनलाई सरकारी वकिल कार्यालयबाट हाजिरी जमानीमा छाडन लागिएको हो । अधिवक्ता दँगालले प्रहरीले ढिलासुस्ती गरेर अझै चाहिने प्रमाण जुटाउन नसकेको बताए । सवारी ज्यान वा कर्तव्य ज्यानमा कागजातहरु नै पेश गर्न नसकेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…