धनुषाको जनकनन्दिनी गाउँपालिकामा सबभन्दा कम बेरुजु, सबभन्दा बढी बेरुजु हँसपुरमा
गत आर्थिक बर्षमा शहिदनगर नगरपालिकाले समेत अत्यधिक बेरुजु ल्याएको हो । महालेखा परीक्षकको हिसाब अनुसार कुल रकमको ६ प्रतिशत बढी रकम बेरुजु ठहरिएको हो । यसले कर्मचारीको कार्य सम्पादनको कुशलतालाई जनाउन गरिन्छ ।

२०८१ जेठ १४ सोमबार, बिहान ११:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महालेखा परीक्षकको कार्यालयले जारी गरेको स्थानीय तहहरुको बेरुजु तालिकामा धनुषा जिल्लामा सबभन्दा कम बेरुजु रकम जनकनन्दिनी गाउँपालिकामा रहेको छ ।
महालेखा परीक्षणको प्रतिवेदन अनुसार गत आर्थिक बर्षको लेखाजोखामा जनकनन्दिनी गाउँपालिका जिल्लाभरिमै सबभन्दा कम बेरुजु रकम ठहराएको हो । महालेखा परीक्षकको अनुसार कुल १० करोड ६८ लाख ७७हजार ५ सय रुपैयाँको लेखापरीक्षणमा मात्र ५ लाख रुपैयाँ बेरुजु रकम आएको हो । प्रतिशतको हिसाबले कुल रकमको ०.४७ प्रतिशत रकम मात्र बेरुजु ठहर भएको हो । यो बेरुजु रकम जिल्लाभरिको स्थानीय तहमध्ये सबभन्दा कम रहेको छ ।
यस्तै, जिल्लाभरिमै सबभन्दा बढी बेरुजु रकम धनुषाको हँसपुर नगरपालिकाको रहेको छ । हँसपुरमा १६ करोड बढीको लेखापरीक्षणमा १ करोड बढी बेरुजु रकम ठहरिएको हो । प्रतिशतको हिसाबले ७.०८ प्रतिशत रकम बेरुजु ठहर भएको हो ।
यस्तै, धनुषाको कमला नगरपालिका समेत गत आर्थिक बर्षमा बेरुजु रकम न्यून गरेको हो । कमला नगरपालिकामा यसपालि कुल रकमको करिब १ प्रतिशत मात्र बेरुजु ल्याएर सुधारोन्मुन नगरपालिकाको रुपमा परिचय दिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका र बटेश्वर गाउँपालिका दोस्रो सबभन्दा बढी बेरुजु रकम ल्याएको हो । बेरुजु रकम अधिक भएपछि यी स्थानीय तहमा भ्रष्टाचार अधिक भएको आँकलन गरिएको छ ।
गत आर्थिक बर्षमा शहिदनगर नगरपालिकाले समेत अत्यधिक बेरुजु ल्याएको हो । महालेखा परीक्षकको हिसाब अनुसार कुल रकमको ६ प्रतिशत बढी रकम बेरुजु ठहरिएको हो । यसले कर्मचारीको कार्य सम्पादनको कुशलतालाई जनाउन गरिन्छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…