धनुषा सबैलाका मेयर यादवको खटिया खडा, पुतला नगर घुमाएर वडाध्यक्षहरुले गरे बेईज्जत
सबैलाको मुख्य बजारमा रहेको मँचमा मेयर यादवको कटआउट पोष्टमा फोटो हाल्दै हिन्दु देवीदेवताझै मुकुट ,माला लगाएर विरोध जनाएको हो । वडाध्यक्षहरुले उनलाई किर्तन शैलीको विरोध जनाएको हो ।

२०८१ जेठ १३ आइतबार, दिउँसो १२:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिकाका मेयर कारीराम यादवलाई सार्वजनिक मँचमा कट–आउट लगाएर बेईज्जत गरिएको छ ।
नेकपा माओवादी (केन्द्र) बाट निर्वाचित मेयर कारिरामले वडाध्यक्षहरुसँग कुनै समन्वय नगरेको भन्दै उनको कट आउट पोष्टर (काटिएको पुतला) लगाएर किर्तन शैलीमा बेईज्जत गरेको दृश्य देखिएको छ ।
सबैलाको मुख्य बजारमा रहेको मँचमा मेयर यादवको कटआउट पोष्टमा फोटो हाल्दै हिन्दु देवीदेवताझै मुकुट ,माला लगाएर विरोध जनाएको हो । वडाध्यक्षहरुले उनलाई किर्तन शैलीको विरोध जनाएको हो ।

मँचमा वडाध्यक्ष बसेर “लुटन सके लुट कान्छा, नेपालमै छ छुट” गीत बजाएर नगरभरि घुमाएको हो । विभिन्न प्रस्ताव, निर्णय, बैठक, सभामा समेत मेयर यादवले एकलौटी गरि दम्भ देखाउन खोजेको भन्दै वडाध्यक्षहरुले फरक शैलीमा विरोध जनाएको हो ।
उनलाई खटियामा राखेर सबैला बजारभरि घुमाउँदै विरोध जनाएको हो । मेयर कारिराम यादव माओवादीका नेता मातृका प्रसाद यादवका भाई हुन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…