कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमै राख्ने
यसअघि दिएको अनुमति जेठ १० गतेसम्म थियो। हिजो सार्वजनिक बिदा परेकाले प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो। आज अदालतले जेठ १३ गतेसम्म हिरासतमा राख्ने अनुमति दिएको हो।

२०८१ जेठ ११ शुक्रबार, बेलुकी ६:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तीन दिनको म्याद लिएर अनुसन्धान गरिरहेको धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिनको म्याद थपेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान भन्दै अदालतबाट थप तीनदिनको म्याद लिएको हो । उनलाई अझै तिनदिन हिरासतमै राखेर अनुसन्धान गर्ने अनुमति अदालतले दिएको हो ।
प्रहरीले जिल्ला सरकारी वकीलको कार्यालय मार्फत सिरोहियालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति मागेको थियो। जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको स्रेस्तेदार कैलाश भट्टराईले बताए।
नागरिकता सम्बन्धी मुद्दामा सिरोहियालाई जेठ ८ गते काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको थियो। अनुसन्धानका लागि धनुषा ल्याइएका सिरोहियालाई यसअघि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।
यसअघि दिएको अनुमति जेठ १० गतेसम्म थियो। हिजो सार्वजनिक बिदा परेकाले प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो। आज अदालतले जेठ १३ गतेसम्म हिरासतमा राख्ने अनुमति दिएको हो।
उनलाई नागरिकता कीर्तेको आरोप लगाइएको छ। सिरोहियाले भने आफूले एउटा मात्र नागरिकता लिएको र कुनै फेरबदल नगरेको प्रष्टीकरण दिएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…