मधेशमा नयाँ सरकार

मधेशमा जनमतको नेतृत्वमा सरकार बन्ने सहमति, जनमतका यादव मुख्यमन्त्री बन्दै

२०८१ जेठ ४ शुक्रबार
बेलुकी ७:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा मधेशमा नयाँ सरकार बन्ने सहमति भएको छ । त्यसको लागि शुक्रबार पाँच दलबीच सहमति भएको हो । 

सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत्व गर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन ।

जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) सम्मिलित हुने संघीय नेताहरूबीच सहमति भएको हो । जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने तय छ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले सहमतिअनुसार माओवादीले अर्थसहितका मन्त्रालय पाउने पक्का भएको जानकारी दिए । उनले मन्त्रालय बाँडफाँडका विषयमा सरकारमा सहभागी हुने दलका बीच शनिबार छलफल हुने बताए ।

सहमति गरेका पाँच दलले शनिबार मन्त्रालय बाँडफाँडका विषय टुंगो लगाएर तथा प्रदेशसभा सदस्यका हस्ताक्षर संकलन गरी आइतबारसम्म सरकार बनाउनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नेछन् ।

माओवादी संसदीय दलका नेता साहले पाँचदलीय सहमतिपछि मौजुदा प्रदेश सरकार अल्पमतमा परेको र नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्ने सम्भावना न्यून रहेकाले आफूहरू बहुमत सदस्यका साथ सरकार गठनका लागि दाबी पेश गर्ने बताए ।

माओवादीका भरत साहले पाँच दलबीच सहमति भईसकेको र जनमतका सँसदीय दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने तय भएको पुष्टि गरे । 

  • 13%
  • 82%
  • 0%
  • 0%
  • 0%
  • 0%

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

  • २०८१ जेठ ४ शुक्रबार

न्यूज ब्यूरो, रुपन्देही । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु) हरूको यात्रा ‘धम्म यात्रा’ शनिबार सम्पन्न भएको छ ।  भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै

पूरा पढ्नुहोस्

Bureau Menus