बलात्कार मुद्दामा क्रिकेटर सन्दिप लामिछाने निर्दोष ठहर, विश्वकप खेल्ने ढोका खुल्यो
काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद र ५ लाख जरिवानाको सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछाने र जाहेरीकर्ता उच्च अदालत पाटन गएका थिए ।

२०८१ जेठ २ बुधबार, बेलुकी ५:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । बलात्कार मुद्दामा मुछिएका चर्चित क्रिकेटर खेलाडी सन्दिप लामिछानेलाई अदालतले सफाई दिएको छ ।
बुधबार दिँउँसो उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बुधबार जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै सन्दीपलाई बलात्कार मुद्दा सफाइ दिएको हो ।
उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंको फैसला उल्टाएको हो । उनले भने, “न्यायाधीद्वयको इजलासले सन्दीप लामिछानेविरुद्ध प्रमाण नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याएको छ । सन्दीप लामिछाने निर्दोष रहेको फैसला गरेको छ ।”
काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद र ५ लाख जरिवानाको सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछाने र जाहेरीकर्ता उच्च अदालत पाटन गएका थिए ।
पछिल्लो फैसलासँगै लामिछानेलाई टि२० विश्वकप खेल्ने ढोका खुलेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…