मधेश सरकारबाट माओवादी बाहिरिए, मुख्यमन्त्री यादवको पद धरापमा
साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न मानेका थिएनन् । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए ।

२०८१ बैशाख ३० आइतबार, दिउँसो ४:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जसपा नेपाल नेतृत्वको मधेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । आईतबार मधेश सरकारका मुख्यमन्त्रीलाई राजीनामा दिँदै माओवादीका मन्त्रीहरुले सरकारबाट बाहिर भएको जनाएको छ ।
मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन् ।
साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न मानेका थिएनन् । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए ।
मधेश सरकारबाट माओवादी बाहिरिएपछि अहिले जसपा नेपाल नेतृत्वको मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् ।
यस अघि संकटका बिच बिश्वासको मत लिने क्रममा मुख्यमन्त्री यादव साहलाई रोजेको मन्त्रालय दिने सहमती गरेर पछि वन मन्त्रीमा सिमित गर्न खोजेपछि साह आक्रोसित भएका थिए । उनले बन मन्त्रालयमा पदभार ग्रहण अस्वीकार मात्र गरेनन् सरकारनै ढाल्ने तयारी थाले ।
साहले अर्थ मन्त्रालय ताकेको बताइन्छ । प्रधामन्त्री प्रचण्डकै रोहबरमा मुख्यमन्त्री यादवले माओवादीलाई रोजेको मन्त्रालय दिने सहमती गरेको बताइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…