एमालेको निर्वाचनमा कार्यकर्ताहरुबीच कुटाकुट

२०८१ बैशाख २२ शनिबार
बिहान ०९:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज ।  नेकपा एमाले पर्सा जिल्लाको निर्वाचनमा कार्यकर्ताहरूबिच कुटाकुट भएको छ ।

एमाले पर्साको अधिवेशनमा जबरजस्ती मतदान गराउन खोजेपछि कार्यकर्ताहरूबिच कुटाकुट भएको जिल्ला सचिवका उम्मेदवार नवराज शर्माले जानकारी दिएका छन् । 

संस्थापन पक्षले जबरजस्ती मतदान गराउन खोजेपछि कुटाकुट भएको उनको भनाइ छ । शर्माका अनुसार मतदान स्थलमा कुटाकुट हुँदा वीरगञ्ज महानगरपालिका– २० का वडाअध्यक्ष एवं जिल्ला उपसचिवका उम्मेदवार रामकिशोर सिंह (पराग) घाइते भएका छन् ।

संस्थापन पक्षका मनोज गुप्तासहितको टोलीले इतरपक्षमाथि हमला गरेपछि वडाअध्यक्ष सिंहको नाकमा चोट लागेको छ । घाइते सिंहको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । 

नेताहरूमाथि पनि हातपातसमेत गरिएको शर्माले बताए । सोमबार एमाले पर्साको ९ औँ अधिवेशनको उद्घाटन भएपछि शुक्रबार नेतृत्व चयनमा विवाद बढ्दा कुटाकुट भएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८१ बैशाख २२ शनिबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus