मटिहानी आगलगी घटना राजनीतिक SCAM, गुठीको जग्गा कब्जा गर्ने ठुलो प्रपँच !
झाले सोही जग्गामा घर बनाउन नमिल्ने स्पष्ट पारेका छन्। उनले उक्त जग्गा गूठीको तैनाथी जग्गा भएकोले र गूठीको सो बगैँचा भएकोले त्यहाँ घर बनाउन नमिल्ने बताए। उनले सोही जग्गा पहिले पनि खाली गराए र अवैध कब्जा गरी केही घर टहरा बनाइएको बताए।

२०८१ बैशाख १७ सोमबार, बेलुकी ५:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको मटिहानीस्थित भएको आगलगीको घटनामा गुठीको जग्गा कब्जा गर्ने प्रपँच गरिएको बताईएको छ ।
आफ्नो घर गाउँमा हुँदाहुँदै वडा नं. ६ स्थित रहेको विघौँ गुठीको जग्गामा अवैद्य रुपमा कब्जा गरी वस्ती बसाउने राजनीतिक प्रपँचको खुलसा भएको छ । गत बुधबार मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित गुठी संस्थानको तैनाथी जग्गा जरलहबा गाछी (बगैँचा) स्थित बस्तीमा आगलागी पश्चात सो जग्गा गुठीको रहेको र जबरदस्ती कब्जा गरी बसेको खुलेको हो ।
जरलहवा वस्तीमा गाउँमा घर भएका केही स्थानीयहरुले टहरा बनाएर भुँसा, पशुचौपायाको लागि कुन्यू (पोरा, लार) सँचित गर्दै आएको थियो । सोही क्रममा भएको आगलगीको क्रममा सयभन्दा अधिक घर जलेर नष्ट भएको हो । जलेका सबै घर सार्वजनिक सम्पति र गुठी सँस्थाको जग्गा रहेको खुलेको हो । उनीहरुले विगत केही बर्षदेखि जग्गा कब्जा गर्नको लागि नियति बसाउँदै आएको बुझिएको छ ।
सो जग्गा गुठी सँस्थान महोत्तरी शाखाका काममुकाम प्रमुख किशोर कुमार झाले पहिले पनि खाली गराएको सो गुठीको जग्गा पूर्णरुपमा कब्जा गर्न राजनीतिक प्रपँच बसेको बताए । उनले आगलगी पीडितको नाममा सार्वजनिक जग्गामा घर टहरा पुनः बनाउने प्रयास भए अदालतसम्म जानुपर्ने बाध्यता भएको बताए ।
झाले सोही जग्गामा घर बनाउन नमिल्ने स्पष्ट पारेका छन्। उनले उक्त जग्गा गूठीको तैनाथी जग्गा भएकोले र गूठीको सो बगैँचा भएकोले त्यहाँ घर बनाउन नमिल्ने बताए। उनले सोही जग्गा पहिले पनि खाली गराए र अवैध कब्जा गरी केही घर टहरा बनाइएको बताए।
उनका अनुसार सोही स्थानमा जग्गा कब्जा गरी बसेका अधिकांशको गाउँमा घर छ। पहिले परालको टाल (कुंयु) र भूसा राख्ने गरेकोमा पछि त्यही कब्जा नै गरेको उनको दाबी छ।
फेरी सोही गुठीको जग्गामा राजनीतिक तवरबाट उनीहरुको घर टहरा पुनःनिर्माणको नाममा राजनीतिक स्क्याम गर्न खोजिएको आरोप छ ।
अहिले विभिन्न सँघसँस्थाहरुले त्यहाँका स्थानीयहरुलाई भोजन, वास र कपासको व्यवस्था गर्दै आएको हो । गुठीको विघौँ जग्गा कब्जा गर्ने नियति राखेका केही राजनीतिक दलका नेताको प्रपँच छताछुल्ल भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…