मटिहानी आगलगी घटना राजनीतिक SCAM, गुठीको जग्गा कब्जा गर्ने ठुलो प्रपँच !

२०८१ बैशाख १७ सोमबार
बेलुकी ५:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको मटिहानीस्थित भएको आगलगीको घटनामा गुठीको जग्गा कब्जा गर्ने प्रपँच गरिएको बताईएको छ । 

आफ्नो घर गाउँमा हुँदाहुँदै वडा नं. ६ स्थित रहेको विघौँ गुठीको जग्गामा अवैद्य रुपमा कब्जा गरी वस्ती बसाउने राजनीतिक प्रपँचको खुलसा भएको छ । गत बुधबार मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित गुठी संस्थानको तैनाथी जग्गा जरलहबा गाछी (बगैँचा) स्थित बस्तीमा आगलागी पश्चात सो जग्गा गुठीको रहेको र जबरदस्ती कब्जा गरी बसेको खुलेको हो ।

जरलहवा वस्तीमा गाउँमा घर भएका केही स्थानीयहरुले टहरा बनाएर भुँसा, पशुचौपायाको लागि कुन्यू (पोरा, लार) सँचित गर्दै आएको थियो । सोही क्रममा भएको आगलगीको क्रममा सयभन्दा अधिक घर जलेर नष्ट भएको हो । जलेका सबै घर सार्वजनिक सम्पति र गुठी सँस्थाको जग्गा रहेको खुलेको हो । उनीहरुले विगत केही बर्षदेखि जग्गा कब्जा गर्नको लागि नियति बसाउँदै आएको बुझिएको छ । 

सो जग्गा गुठी सँस्थान महोत्तरी शाखाका काममुकाम प्रमुख किशोर कुमार झाले पहिले पनि खाली गराएको सो गुठीको जग्गा पूर्णरुपमा कब्जा गर्न राजनीतिक प्रपँच बसेको बताए । उनले आगलगी पीडितको नाममा सार्वजनिक जग्गामा घर टहरा पुनः बनाउने प्रयास भए अदालतसम्म जानुपर्ने बाध्यता भएको बताए । 

झाले सोही जग्गामा घर बनाउन नमिल्ने स्पष्ट पारेका छन्। उनले उक्त जग्गा गूठीको तैनाथी जग्गा भएकोले र गूठीको सो बगैँचा भएकोले त्यहाँ घर बनाउन नमिल्ने बताए। उनले सोही जग्गा पहिले पनि खाली गराए र अवैध कब्जा गरी केही घर टहरा बनाइएको बताए।

उनका अनुसार सोही स्थानमा जग्गा कब्जा गरी बसेका अधिकांशको गाउँमा घर छ। पहिले परालको टाल (कुंयु) र भूसा राख्ने गरेकोमा पछि त्यही कब्जा नै गरेको उनको दाबी छ।

फेरी सोही गुठीको जग्गामा राजनीतिक तवरबाट उनीहरुको घर टहरा पुनःनिर्माणको नाममा राजनीतिक स्क्याम गर्न खोजिएको आरोप छ । 

अहिले विभिन्न सँघसँस्थाहरुले त्यहाँका स्थानीयहरुलाई भोजन, वास र कपासको व्यवस्था गर्दै आएको हो । गुठीको विघौँ जग्गा कब्जा गर्ने नियति राखेका केही राजनीतिक दलका नेताको प्रपँच छताछुल्ल भएको छ । 

  • 5%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 62%

६ बुँदे माग राखी सिरहाको औरही गाउँपालिकामा जनमतको ज्ञापन

  • २०८१ बैशाख १७ सोमबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकामा बेतिथि बढदै गएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले ६ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ ।  बुधबार गाउँपालिकाको कार्यालय पुगेर जनमतका नेता कार्यकर्ताहरुले विभिन्न मागहरु

पूरा पढ्नुहोस्

Bureau Menus