पत्रकार यादवको घटनामा धनुषा प्रहरी गम्भिर छः एसपी तिवारी
मोटरसाईकल दुर्घटना भन्दै प्रादेशिक अस्पतालमा उपचाररत रहेका ललनमाथि शंका लागेपछि उनलाई आजै (बुधबार) दिउँसो डिस्चार्ज गरेर अनुसन्धानको लागि नियन्त्रणमा राखेको हो । पत्रकार यादवको प्रकरणमा ४÷५ जनाको संलग्नता हुन सक्ने परिवारजनले आरोप लगाएका छन् । अन्तिम राती पत्रकार यादवसँग भएका शंकास्पद केही व्यक्तिहरु फरार भएका छन् ।

२०८१ बैशाख १२ बुधबार, राति ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीले पत्रकार विनय कुमार यादवको घटनामा धनुषा प्रहरी गम्भिर रहेको बताएका छन् ।
न्यूज ब्यूरोका कार्यकारी सम्पादक समेत रहेका पत्रकार यादवको शंकास्पद मृत्यू भएको परिवारजनको आरोपपछि एसपी तिवारीले यसलाई गहन रुपमा अनुसन्धान सुरु गरिएको बताए । उनले पत्रकार यादवको मोटरसाईकल दुर्घटनामा मृत्यू भएको खवर भएपनि घटना शंकास्पद रहेको प्रकृतिपछि छानबिनलाई सुक्ष्म बनाईएको बताए ।
एसपी तिवारीले धनुषाका डिएसपी रञ्जन अवा नेतृत्वको टोली घटनास्थल पठाएर अनुसन्धान कडाईको साथ गर्नको लागि निर्देशन दिएको बताए । पत्रकार यादवको हत्या भएको आशंकापछि मोटरसाईकलमा सवार भएका ललन भन्ने लक्ष्मीनारायण यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएका छन् ।
मोटरसाईकल दुर्घटना भन्दै प्रादेशिक अस्पतालमा उपचाररत रहेका ललनमाथि शंका लागेपछि उनलाई आजै (बुधबार) दिउँसो डिस्चार्ज गरेर अनुसन्धानको लागि नियन्त्रणमा राखेको हो ।
पत्रकार यादवको प्रकरणमा ४/५ जनाको संलग्नता हुन सक्ने परिवारजनले आरोप लगाएका छन् । अन्तिम राती पत्रकार यादवसँग भएका शंकास्पद केही व्यक्तिहरु फरार भएका छन् ।
एसपी तिवारीको प्रत्यक्ष निर्देशनमा अस्पतालमा उपचाररत ललनमाथि २४ सै घण्टा प्रहरीको ड्युटी राखेर कडा निगरानी बनाएको थियो ।
मँगलबार विहान करिब ३ बजेको समयमा धनुषाको ढल्केवरभन्दा दक्षिण शंकास्पद दुर्घटनाको मृत्यू भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…