न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको सीमावर्ती क्षेत्र मटिहानीमा भिषण आगलगी भएको छ । आगलगीबाट सयौँ घर जलेर ध्वस्त भएको हो ।
महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जरलहवा वस्तीमा भीषण आगलागी भएको हो। आगलागीमा सयभन्दा बढी घर जलिसकेको र अझै आगलागी नियन्त्रणमा आउन नसकेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए।
उनले आगलागी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन्। मेयर मण्डलले मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला नगरपालिकालगायतको वारुणयन्त्र आगलागी नियन्त्रणका लागि प्रयासरत रहेको बताए। यता अन्य पालिका र जिल्लाबाट समेत वारुणयन्त्र पठाउन मेयर मण्डलले गुहार लगाएका हुन्।
आगलागी नियन्त्रणबाहिर रहेको भन्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तिनै सुरक्षा निकायबाट सयौँ सुरक्षाकर्मी र स्थानीयहरूसमेत आगलागी नियन्त्रणमा प्रयासरत रहेको बताए।
उनले मटिहानीका लागि यो कठिन परिस्थिति रहेकोमा सबै स्थानबाट आगलागी नियन्त्रणको साधन–स्रोत सक्दो चाँडै पठाइदिन आग्रह गरे।
जसपाका साँसदहरुलाई जनतमका साँसद यादवको मुखभरि जवाफ, रोजगारीको सवालमा दिए चुनौति
- २०८१ बैशाख १२ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका सतारुढ दल जनमत पार्टीका साँसद सँजय यादवले प्रतिपक्ष दल जसपाका साँसदहरुलाई मुखैभरिको जवाफ दिएका छन् । शुक्रबार प्रदे्शसभामा बोल्दै सँसद यादवले वर्तमान सरकारको सात महिनाको
पूरा पढ्नुहोस्