रहेनन् न्यूज ब्यूरोका कार्यकारी सम्पादक पत्रकार यादव

२०८१ बैशाख ११ मंगलबार
बिहान ०७:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित ई–न्यूज ब्यूरोडटकमका कार्यकारी सम्पादक पत्रकार विनय कुमार यादवको निधन भएको छ । 

आज मँगलबार विहान ३ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्डमा धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसविघा बस्ने पत्रकार यादवको मोटरसाईकल दुर्घटनामा परी निधन भएको हो । ढल्केवरबाट धारापानीतर्फ जाँदै गरेको अवस्थामा उनको दुर्घटना भएको बताईएको छ । 

मोटरसाईकल चालक ललन यादवको अवस्था मध्यम रहेको छ भने पत्रकार यादवको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । 

गत बर्ष मात्र विवाह गरेका पत्रकार यादव गत बैशाख ४ गते मात्र जन्मदिन मनाएका थिए । गएराती ढल्केवरबाट साथीसँगलाई भेटेर घरतर्फ फर्किदैँ गर्दा मोटरसाईकल अनियन्त्रित भएर पोलमा ठोक्किन जाँदा मृत्यू भएको बताईएको छ । दुई भाई रहेका यादवको जेठाजु केही महिना अगाडी मात्र विदेशिएका हुन् । 

यता, घटनास्थलको प्रकृति हेर्दा मोटरसाईकल चालक ललन यादवलाई समान्य चोटपटक लागेको देखिन्छ भने मोटरसाईकलको अवस्थामा समान्य रहेको छ । मोटरसाईकलमा समेत कुनै क्षति पुगेको देखिदैनन् । 

कार्यकारी सम्पादक विनय यादवको असमायिक निधनप्रति न्यूज ब्यूरो परिवार हार्दिक श्रद्धाञ्जली तथा परिवारप्रति संवेदना प्रकट गर्दै एक दिन शोकमा पेनडाउन गर्ने भएको छ । 

उनको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ । उनको परिवारमा बज्रपात भएको छ । 

 

 

 

 

 

  • 0%
  • 0%
  • 1%
  • 4%
  • 94%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०८१ बैशाख ११ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus