शहिदनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, आश्रुग्यास प्रहार, दुई प्रहरी घाईते
नगर प्रमुख दिनेश प्रसाद यादवसहित केही कर्मचारी र जनप्रतिनीधिहरुले बेतिथि निम्त्याउँदै एकलौटी गरेको भन्दै सर्वसाधारणहरुले आन्दोलनमा उत्रेका हुन् । सोही आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि दुई प्रहरी घाईते भएका छन् भने केही प्रदर्शनकारी समेत घाईते भएको हो ।

२०८१ बैशाख १० सोमबार, बेलुकी ६:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका जनप्रतिनीधिविरुद्ध भएको प्रदर्शनको क्रममा दुई जना प्रहरी घाईते भएका छन् ।
शहिदनगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उमेश कुमार निरालाको नेतृत्वमा गएको आन्दोलनकारीहरुले नगरपालिका कार्यालयमा तोडफोड गर्न खोज्दा झडप भएको हो ।
झडपको क्रममा सशस्त्र प्रहरीका सहायक हबल्दार र एक नेपाल प्रहरीका कर्मचारी घाईते भएका छन् । प्रदर्शनकारीहरुले फालेको रोडा (इट) लागेर दुई प्रहरीको टाउको फुटाएको हो ।
नगर प्रमुख दिनेश प्रसाद यादवसहित केही कर्मचारी र जनप्रतिनीधिहरुले बेतिथि निम्त्याउँदै एकलौटी गरेको भन्दै सर्वसाधारणहरुले आन्दोलनमा उत्रेका हुन् । सोही आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि दुई प्रहरी घाईते भएका छन् भने केही प्रदर्शनकारी समेत घाईते भएको हो ।
भीडलाई नियन्त्रण गर्नको लागि प्रहरीले एक सेल आश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…