शहिदनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, आश्रुग्यास प्रहार, दुई प्रहरी घाईते

२०८१ बैशाख १० सोमबार
बेलुकी ६:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका जनप्रतिनीधिविरुद्ध भएको प्रदर्शनको क्रममा दुई जना प्रहरी घाईते भएका छन् । 

शहिदनगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उमेश कुमार निरालाको नेतृत्वमा गएको आन्दोलनकारीहरुले नगरपालिका कार्यालयमा तोडफोड गर्न खोज्दा झडप भएको हो । 

झडपको क्रममा सशस्त्र प्रहरीका सहायक हबल्दार र एक नेपाल प्रहरीका कर्मचारी घाईते भएका छन् । प्रदर्शनकारीहरुले फालेको रोडा (इट) लागेर दुई प्रहरीको टाउको फुटाएको हो । 

नगर प्रमुख दिनेश प्रसाद यादवसहित केही कर्मचारी र जनप्रतिनीधिहरुले बेतिथि निम्त्याउँदै एकलौटी गरेको भन्दै सर्वसाधारणहरुले आन्दोलनमा उत्रेका हुन् । सोही आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि दुई प्रहरी घाईते भएका छन् भने केही प्रदर्शनकारी समेत घाईते भएको हो । 

भीडलाई नियन्त्रण गर्नको लागि प्रहरीले एक सेल आश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ । 

  • 7%
  • 59%
  • 9%
  • 0%
  • 5%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८१ बैशाख १० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus