नेपालमा भोली राजा आउने भएपछि सार्वजनिक विदाको घोषणा

२०८१ बैशाख १० सोमबार
दिउसो २:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भोली मँगलबार नेपालमा विदेशी राजा आउने भएपछि एक दिन सार्वजनिक विदाको घोषणा गरिएको छ ।

कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्न भोली मँगलबार नेपाल आउने भएपछि एक दिन सार्वजनिक विदाको घोषणा गरिएको हो । 

शेख मँगलबार नेपाल आएर बुधबार पुनः स्वेदश फर्किने भएको छ । एक दिनको लागि शेख नेपाल आउने भएपछि भोली मँगलबार एक दिने सार्वजनिक विदाको घोषणा गरिएको हो । 

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर शेख अप्रिल २३ गते अर्थात बैशाख ११ गते नेपाल भ्रमणमा आउने भएका छन् । उनी अप्रिल २४ मा  अर्थात बैशाख १२ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ । अमिर शेख नेपालमा रहँदा राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको समेत आयोजना गर्ने जनाइएको छ । अमिर शेखले २४ अप्रिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने छन् । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देशबिच विकास साझेदारीलगायतका एजेण्डामा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालस्थित कतार दूतावास र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेका छन् । कतारबाट सरकारी टोली आएर एजेण्डालगायका विषयमा छलफल गरेर फर्की सकेको छ ।

अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।

  • 0%
  • 0%
  • 0%
  • 3%
  • 0%
  • 3%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०८१ बैशाख १० सोमबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus